राष्ट्रिय

केएफसी होटलमा आगलागी


भोजपुर २१ असोज । भोजपुर नगरपालीका वडा नं ७्र डाडाँगाउँ च्याङवेनी चोकमा रहेको केएफसि होटलमा  आगलागी भएको छ । आइतबार करिब दिउसो साढे २ वजे स्थानीय मिन कुमार तामाङको घर र पसलमा ग्यास लिकेज भएर आगलागी भएको हो । आगलागीबाट होटल र किराना पसलमा रहेको सम्पुर्ण सामग्रीहरु, लताकपडा, खाद्यान्न, काठपात जलेर नष्ट भएका छन । आगलागीमा करिब ६० लाख वरावरको सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ  । 
होटलमा खाजा खाईरहेको वेलामा भान्सा कोठाबाट एक्कासी आगो वल्यो  ६ जना साथीहरु भागाभाग भइम प्रत्यक्षदर्सी सत्यकला राईले बताईन । 
आगो स्थानीय वासिन्दा, सेना, प्रहरी, शसस्त्र सहित नगरपालीकाको दमकलले एक घण्टा पछि नियन्त्रणमा लिएको थियो । 
 

प्रतिकृया दिनुहोस