भोजपुर खबर

भोजपुर ट्रेड युनियनको शुभकामना र अन्तक्रिया


भोजपुर, १९ असोज । पेशागत महासंघ, नेपाल भोजपुर र निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनीयन जिल्ला समीती भोजपुरले नेपालीहरुको महान चाड विजयादशमी, दिपावली, छटपर्व लगायत सम्पुर्ण चाडपर्वहरुको उपलक्ष्यमा शुभकामनाका साथै समसामुहिक विषयमा सरोकारवालाहरुसगँ अन्तरक्रिया गरेको छ । सम्पुर्ण पेशाकर्मी एक हौँ, सवैका लागी सामाजीक सुरक्षा र नि शुल्क स्वास्थ्य उपचार भन्ने मुल नाराका साथ विश्व ट्रेड युनीयनको ७३ औँ स्थापना दिवश, नेपालीहरुको महान चाडहरु साथै समसामुहिक विषयमा अन्तक्रिया गरीएको हो । कार्यक्रम निजामती कर्मचारीहरुको आधीकारीक टे«ड युनीयन जिल्ला समिति अध्यक्ष खड्ग बहादुर पौडेलको अध्यक्षता, जिल्ला समन्वय समीती सभापती लक्ष्मण खड्काको प्रमुख आतिथ्यता र सिडियो हिरादेवी पौडेलको विशेष आतिथ्यतामा सम्पन्न भएको हो । 
कार्यक्रममा वोल्दै निजामती कर्मचारीहरुको आधीकारीक टे«ड युनीयन जिल्ला समिति अध्यक्ष खड्ग बहादुर पौडेलले निजामती सेवामा आवद्ध कर्मचारीहरुले तिन महिना अघिदेखि तलब नपाएको, कर्मचारी समायोजनका नाममा कर्मचारीलाई अन्योलता दिएको बताउदै संघियता कर्मचारीको लागी कठिन वनेको हुदा सवै ठाउँका कर्मचारीलाई एकरुपताका साथ मुल्यांकन गरी व्यावस्थापन गर्न सामान्य प्रशासन मन्त्रिलाई आग्रह समेत गरेका छन । “जिल्लाले मुख्यमन्त्रि पायो तर कुनै ठुला कार्यालय पाएन जिल्ला समन्वयको भुमीका गौण रहेको छ,” क्याम्पस प्रमुख डा रोहित कुमार श्रेष्ठले भने । 
त्यस्तै नागरीक समाज भोजपुरका संयोजक पर्शुराम तिवारीले राष्ट्रसेवक निजामती कर्मचारीले सम्भावना, अवशर र चुनौतीलाई अगांलेर निश्वार्थ भावनाका साथ सेवा  गर्नुपर्ने बताए । करार कर्मचारी, शिक्षक, निजामती कर्मचारी लगायतले दशैमा तलव नपाउने संघियता, ठाडो हाजिरी हुने संघियता वर्तमान सरकारका लागी वादरको हातमा नरिवल हुन सक्ने , तिवारीले भने । राणाहरुले रगत वगाएर ल्याएको संघियता सहि कार्यान्वय गर्न सरकार प्रतिवद्ध हुनुपर्ने पनी तिवारीले उल्लेख गरे । 
विशेष अतिथी एंव प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले संघियताले कर्मचारीको सेवा, सुविद्यालाई सोचे अनुसार प्रभावकारीता नभएपनी प्रतिवद्धताका साथ काम गरीरहेको र कार्यालयमा सुशासन, पार्दशिताका साथ कामहरु भईरहेको बताईन । कर्मचारीले आफना अधिकार सगैँ जनताको कामलाई प्रभावकारी रुपमा गर्नुपर्ने प्रमुख अतिथि एंव जिल्ला समन्वय समिति सभापती लक्ष्मण खड्काले बताए । देशमा स्थानीय, प्रदेश र संघको सरकार आईसकेको हुदा समायोजनमा केहि समय लाग्ने तर कर्मचारी लगायत जनताका समस्याहरु क्रमश समाधान हुने समेत खड्काले बताए ।
शुभकामना आदन प्रदान कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख, प्रमुख जिल्ला अधिकारी, नागरीक समाज, क्याम्पस प्रमुख, सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख एंव प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
 

प्रतिकृया दिनुहोस