राष्ट्रिय

एभरेष्ट बैकद्धारा स्वास्थ्य विमा दावी भुक्तानी


भोजपुर, १९ असोज । एभरेष्ट वैक शाखा कार्यालय भोजपुरले स्वास्थ्य विमा दावी भुक्तानी गरेको छ । वैकले औपचारीक कार्यक्रम गरी भोजपुर नगरपालीका वडा नं ५ निवासी महेश तामाङलाई रु १९ हजार १ सय चोक मार्फत स्वास्थ्य विमा दावी भुक्तानी प्रदान गरीएको हो । 
तामाङले जेठ २७ गते विरामी भई अस्पताल दर्ता भएको पुर्जी सहित वैकमा स्वास्थ्य विमा दावी भुक्तानीका लागी रु २० हजार ८ वरावरको हकदावी निवेदन पेश गरेका थिए । 
वैकको आन्तरीक निति अनुसार दुर्घटना विमा सेवा मार्फत ५ लाख र स्वास्थ्य विमा मार्फत १ लाख दिने निति भएकोले तामाङलाई स्वास्थ्य विमा दावि भुक्तानी रु १९ हजार १ सय प्रदान गरीएको भोजपुर शाखा प्रमुख रमेश शाक्यले जानकारी दिए । 
यदि सेवाग्राहीले वैकमा स्वास्थ्य विमा गरेमा स्वास्थ्य विमा सेवा सुविद्या वापत वर्षभरीमा १ लाख रुपैया पाउने समेत प्रमुख शाक्यले बताए ।
 

प्रतिकृया दिनुहोस