भोजपुर खबर

दशैँमा शान्ति शु व्यावस्था कायम राख्न सरोकारवालासगँ छलफल


भोजपुर, १८ असोज । जिल्ला प्रशासन कार्यालय भोजपुरले जिल्लामा अवस्थित सरकारी, गैर सरकारी संघ संस्थाका प्रमुख एंव प्रतिनिधिहरु, जिल्लामा रहेका राजनैतीक दलका प्रतिनिधि, नागरीक समाजका संयोजक, पत्रकार लगायतलाई वडा दशैँको शु अवशरमा शुभकामना आदनप्रदानका साथैँ जिल्लामा शान्ति सु व्यावस्था कायम गर्नका लागी छलफल गरीएको छ । विशेषगरी, दशैँको अवशरमा गाडि भाडा, खाद्य पर्दाथको आपुर्ती, ईन्धन भण्डारण, घरेलु मादक पदार्थ बेचविखान, घरेलु हिसां, विद्युतको आपुर्ती, टेलिफोनको व्यावस्था, वजार व्यावस्थापन र अनुगमनको विषयमा छलफल गरीएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए । 
कार्यक्रममा वोल्दै सयुक्त वस व्यावसायी संघ भोजपुरका सल्लाकार भरत तामाङले स्वस्थ्य प्रतिस्पर्धाको नाममा सरकारले गरेको सिन्डिकेट अन्त्य व्यावहारीक रुपमा कार्यान्वय गर्न गाह्रो भएकोे बताउदै दशैँको अवशरमा सरकारले तत्काल वढाएको गाडि भाडा नवडाउने, लेगुवा भोजपुर बस भाडा ५ सयबाट घटाएर ४ सय बनाउने तर भोजपुरबाट अन्य रुटमा चल्ने वसको भाडा भने यथावत रहने बताएका छन् ।  
उता, वजारमा विक्रि हुने खशिको मासु, रागाको मासु, भैसिको मासु, अलग अलग राख्ने र वेच्ने प्रतिवद्धता मासु पसले अर्जुन तामाङले बताए । छलफलमा रात्रिकालीन समयमा मदिरापन सेवनलाई  नियन्त्रण गर्नका लागी होटलहरुले वेलुका ८ वजेपछि मदिरा वेच्न नपाईने भएकोे छ । सदरमु्काममा खाद्य सामग्री आपुर्तीका लागी भने उद्योग वाणिज्य संघले उद्यमीहरु तथा व्यापारीहरु सगँ सहकार्य गरी आईतबार सम्ममा खाद्य सामग्रीको निश्चीत मुल्य निर्धारण गरी प्रत्येक पसलमा मुल्य सुची राख्न लगाउने उद्योग वाणिज्य संघको अध्यक्ष डम्बर श्रेष्ठले बताए । 
त्यस्तै होटल व्यावसायी संघ भोजपुरका सहसचिव क्रीषिधन राईले भने होटल व्यावसायी संघले चाडपर्वमा हुने होहल्ला, मदिरापान बोचविखानमा न्युनीकरण र जुवा, तास, साथैँ होटलमा वस्ने मानीसको निगरीनी गर्न सवै व्यावसायीहरुलाई जानकारी गराउने र कार्यान्वय गर्ने बताए । जिल्लाको समग्र क्षेत्रमा शान्ति सु व्यावस्था कायम राख्नका लागी २४ सैँ घण्टा प्रहरी परीचालन गरीने यदि कुनै त्यस्ता घटनाहरु  घटेमा तत्काल अपराधिलाई कानुनको दायरामा ल्याई कानुन अनुसारको सजाए गरीने जनाएका छन् । 
त्यस्तै दशैँको अवशरमा जिल्लामा हुनसक्ने अनौतीक घटनाहरुलाई कसरी नियन्त्रण गर्न सकिन्छ, भनी सरोकारवाला सगँ शुभकामना आदन प्रदानका साथै अन्र्तक्रिया गरीएको र उनीहरुबाट आएका सुझाबहरुको आधारमा शान्ति शुव्यावस्था कायम गर्ने प्रमुख जिल्ला अधिकारी हिरा देवी पौडेलले बताईन । 
 

प्रतिकृया दिनुहोस