भोजपुर खबर

भोजपुर काठमाण्डौँ उडान पुनं सञ्चालन


भोजपुर, १८ असोज । भोजपुरमा दुई महिना अगाडिबाट अवरुद्ध भोजपुर काठमाण्डौँ उडान पुनं विहिबारबाट सञ्चालन भएको छ । साउन १९ गतेबाट बन्द भएको उडान असोज १८ गतेबाट पुनं सञ्चालनमा आएको छ । उडान सञ्चालनमा आएसगैँ  विहिबार काठमाण्डौँबाट भोजपुर विहान १० वजे ट्वीनओटर विमान आएको छ । यसअघि जिल्लामा रहेको एक मात्र टक्सार विमान स्थल बन्द हुदा यात्रुहरु निकै मारमा परेका थिए । विशेषगरी उडान अवरुद्ध हुदा जिल्ला अस्पतालबाट रिफर गरीएका विरामी हेलिकप्टर चार्टर गरी महंगो शुल्क तिर्न वाध्य हुने गर्दथे ।  
विमान उडान सुरु भएसगैँ अव भोजपुर काठमाण्डौँ आईतबार र सोमबार बाहेक हप्तामा ५ दिन र भोजपुर विराटनगर हप्तामा एक दिन मंगलबार  उडान हुने नेपाल वायु सेवा निगम भोजपुरका प्रमुख दिनेश सुन्दासले जानकारी दिए । 
 

प्रतिकृया दिनुहोस