भोजपुर खबर

सिद्धेश्वर पुर्ण सरसफाई उन्मुख वडा घोषणा


भोजपुर, १७ असोज । भोजपुर नगरपालीका वडा नं ४ सिद्धेश्वरलाई खुल्ला दिशामुक्त पश्चात पुर्ण सरसफाई उन्मुख वडा भव्य कार्यक्रमका विच घोषणा गरीएको छ । पुर्ण सरसफाई भोजपुर नगरपालीका ४ को अभियान, स्वस्थ्य र सभ्य नागरीकको पहिचान भन्ने मुल नाराका साथ विभिन्न जातजातीको सास्कृतीक नाचगानका साथ पुर्ण सरसफाई उन्मुख वडा घोषणा गरीएको हो । सरसफाईका लागी तोकीएका विभिन्न सुचकहरु पुरा गर्दै, सुधारीएको चुलो, चर्पी सगैँ पुर्ण सरसफाई उन्मुख वडा घोषणा गरीएको हो । वडाका सवै टोलहरुमा विकासका पुर्वाधारहरुको पहुच पुगेसगैँ टोललाई सामाजीक, आर्थीक, शैक्षिक  सम्पुर्ण क्षेत्रमा अव्वल वनाउनका लागी पुर्ण सरसफाई उन्मुख वडा  घोषणा गरीएको वडा अध्यक्ष प्रेम भण्डारीले बताए । वडामा यस विषय सगँ सम्बन्धित जनचेतना, वडाको निति नमान्ने, सडक वरपर सुगुरको खोर हुनु, सवै घरमा टुुवाईलेट नहुने जस्ता समस्याहरुको समाधान गरी  वडालाइ पुर्ण सरसफाई उन्मुख वडा घोषणा गरीएको अध्यक्ष भण्डारीले बताए  । 
वडामा सरसफार्ई उन्मुख सम्बन्धि चेतना लगायत विविध विषयमा सुआहाराबाट आर्थीक तथा अन्य  सहयोग भएको वडा सचिव याम प्रधानलले बताए । 
कार्यक्रममा बोल्दै भोजपुर नगरपालीकाका मेयर कैलाशकुमार आलेले नगरपालीकाको १२ वटा वडाहरु मध्ये वडा नं ४ पहिलो वडा भएको बताएका छन् । विकास निमार्ण सुशासन र पार्दशिताको लागी नगरपालीका नमुना भएको उल्लेख गर्दै नगरपालीकामा विकासका पुर्वाधारहरु सडक, विद्युत, खानेपानी, स्वास्थ्य र शिक्षाको पहुच मा  परिर्वतन भएको समेत आलेले बताए । 
मेयर आलेले भने “दावामा १५ वर्ष अगाडिदेखि वल्न नसकेको विद्युत आफु निर्वाचीत भएपछि सरोकारवालासगँ सहकार्य गरी विद्युत वाल्न सफल भयाँै आगामि १ वर्षभित्रमा भोजपुर दावा वाह्रैमास सवारी साधन चल्ने सडक विस्तार हुनेछ ।” समग्र नगरपालीकाको परिर्वतनका लागी आफु रफतारमा अगाडि वढेको उल्लेख गर्दै विकास निमार्णमा स्थानीले पनी सहयोग गर्न आलेले आग्रह गरे ।
 निर्वाचन भएको ५ वर्ष सम्म आफु कुनै पार्र्टिको प्रतिनिधि नभई साझा पार्टिहरुको मेयर भएको वताउर्दै पार्टि, जाती, धर्म, संस्कृती भन्दामाथी उठेर काम गर्ने समेत उनले बताएका छन् । 
त्यस्तै जिल्ला समन्वय समीतीका सभापती लक्ष्मण खड्काले भोजपुर नगरपालीकाको ४ नं वडा नमुना वडा भएको बताउदै आगामी दिनमा सरसफाईलाई निरन्तर दिन आवश्यक रहेको बताएका छन । 
कार्यक्रममा भोजपुर नगरपालीका मेयर कैलाश कुमार आले, जिल्ला समन्वय समिति सभापती लक्ष्मण खड्का, सुआहारा भोजपुरका प्रमुख, सवै वडाका वडा अध्यक्ष, सरकारी  एंव गैर सरकारी संघ संस्थाका प्रमुख लगायत स्थानीयवासीहरुको वाक्लो उपस्थिती रहेको थियो ।

प्रतिकृया दिनुहोस