भोजपुर खबर

भोजपुरमा २८ औँ अन्तराष्ट्रिय जेष्ठ नागरीक दिवश 



भोजपुर १५ असोज । भोजपुरमा २८ औँ अन्तराष्ट्रिय जेष्ठ नागरीक दिवश भव्य रुपमा मनाईएको छ । दिवशको अवशरमा जिरो प्वाईन्ट देखि चार भञ्जयांङग सम्म मौन र्याली गरी जिल्ला समन्वय समिति कार्यालयमा औपचारीक कार्यक्रम भएको थियो । भोजपुर जेष्ठ नागरीक जिल्ला संघको आयोजना र भोजपुर नगरपालीकाको प्रायोजनमा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका अध्यक्ष लक्ष्मण खड्का, मेयर कैलाश कुमार आले, सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने, डिएसपि केशब कुमार थेवे लगायतको उपस्थिती रहेको थियो । 
दिवशको अवशरमा भोजपुर नगरपालीका भित्र बसोबास गर्ने ८० वर्ष माथिका ६ जना वृद्धवृद्धाहरुलाई १ हजार नगद, दोसल्ला र सम्मान पत्र सहित सम्मान गरीएको छ । सम्मानीत हुनेमा ८९ वर्षीय  वलीमान राई, ८७ वर्षीय झक्ड खत्रि, ८७ बर्षकी रत्न कुमारी सुन्दास, ८६ वर्षका जगत ब तामाङ, ८८ वर्षका अम्बर व श्रेष्ठ र ८६ वर्षकी रितु कुमारी कार्की रहेका छन । सम्मान गर्न छुटेका अन्य जेष्ठ नागरीकहरुलाई आगामी दिनमा सम्मान गरीने संघका अध्यक्ष श्याम कुमार खड्काले बताएका छन् ।
 

प्रतिकृया दिनुहोस