Slider

जनसेवाले गर्यो ८९ हजार दुई सय रुपैया छात्रवृती वितरण

गणतन्त्र दिवशको अवशरमा जनसेवा प्राथमीक विद्यालय भोजपुरले विद्यार्थीलाई छात्रवृती वितरण कायक्रम गरेको छ । कार्यक्रम शिक्षक अभिभावक संघका अध्यक्ष अगम बहादुर राईको अध्यक्षता, भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेको प्रमुख आतिथ्यता, शिक्षा समन्वय इकाई प्रमुख मान बहादुर देवकोटा र श्रोतव्यक्ति धुव्र रेग्मी लगायतको उपस्थितिमा सम्पन्न भएको हो ।
कार्यक्रमबाट विद्यालयमा अध्ययनरत विद्यार्थीहरु मध्ये २ सय ११ जना विद्यार्थीहरुलाई विद्यालयले छात्रवृती वितरण गरेको छ । छात्रवृती विद्यालयमा अध्यनरत कक्षा १ देखि ८ सम्मका सवै छात्राहरु १ सय ४९ जना, दलित छात्रा,छात्र ५९ जनालाई जनही रु ४ सयका दरले र अपाङग ३ जना मध्ये १ जनालाई ४ हजार र २ जनालाई एकएक हजारका दरले जम्मा ८९ हजार दुई सय रुपैया वितरण गरीएको शिक्षक गोपाल पराजुलीले जानकारी दिए । 
त्यस्तै छात्रवृती वितरण कार्यक्रममा १ सय ५० जना अभिभावकको समेत उपस्थिती रहेको थियो ।  छात्रवृती पाएपछी विद्यार्थीहरु अत्यान्तै खुशि भएकाले पढाईमा थप टेवा पुग्ने विद्यालयका प्रधानध्यापक थिर बहादुर खत्रिले बताए ।
 

प्रतिकृया दिनुहोस