Slider

साल्पासिलीचोको २ दिने निशुल्क स्वास्थ्य शिविर

भोजपुरको साल्पासिलीचो गाउँपालिकामा २ दिने निशुल्क स्वास्थ्य शिविर मंगलबार सम्पन्न भएको छ । साल्पासिलीचो गाउँपालिकाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । शिविरमा अब्स्टेट्राक फिस्टुला र पाठेघर खस्ने समस्या स्कनींग, रिंगप्रेसरी भिआई जाँच भएको थियो । 
शिविर जेष्ठ १४ गते कुलुङ र १५ गते चाँैकिडाँडाँमा सम्पन्न भएको हो । शिविरबाट ३ सय १५ जनाको स्वास्थ्य परिक्षण भएको छ । त्यसमा १२ जनालाई क्यान्सर भएको र २० जनालाई आङखस्ने समस्या भएको साथै अन्य सामान्य रोग लागेका विरामी आएको गाउँपालिकाका स्वास्थ्य संयोजक जगनाथ शाहले जानकारी दिए । विरामीको स्वास्थ्य परिक्षण डाक्टर रवि प्रकाश राई र पदमा राईले गरेको संयोजक शाहले जानकारी दिए । 
 

प्रतिकृया दिनुहोस