भोजपुर खबर

सरसफाई सप्ताहको पाचौँ दिन, मठ, मन्दिर सरसफाई

भोजपुर, २८ भदौ । विश्व सरसफाई सप्ताह को पाचौँ दिन भोजपुरका प्रसिद्ध  धार्मीक स्थल सिद्धकाली मन्दिर, राधाकृष्ण मन्दिर, वुद्धथानको परिषर वरपर सरसफाई गरीएको छ । सरसफाई सप्ताह भदौँ २४ गते बाट सुरु भई भदौ ३० गते सम्म मनाउने सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए ।  सप्ताहको पाचौँ दिन भोजपुर नगरपालीकाको आयोजना र मेयर कैलाश कुमार आलेको नेतृत्वमा मठ, मन्दिर सरसफाई गरीएको हो । सरसफाई कार्यक्रमलाई सम्बोधन गर्दै मेयर आलेले बर्षमा ७ दिनमात्र सरसफाई गरेर वातावरण सरसफाई नहुने भन्दै यस अभियानलाई आ आफनो घरबाट सरसफाई सुरु गरी छरछिमेकमा पनि सरसफाई गरी सरसफाई अभियानलाई बर्षेभरी निरन्तरता दिन सवैलाई आग्रह गरेका छन । 
सरसफाई कार्यक्रममा भोजपुर नगरपालीका, जिल्ला प्रशासन कार्यालय,  जिल्ला वन कार्यालय, खानेपानी सरसफाई सबडिविजन कार्यालय, अन्य सरकारी एंव गरसरकारी कार्यालय लगायत सुरक्षा निकायका प्रमुख साथै सुरक्षा निकायका तिस,चालीस जनाको टोलीले सरसफाई गरेको हो ।
यस अघि नेपाल सरकारले सरसफाई सप्ताहमा कुन दिन कुन स्थानमा सरसफाई गर्ने भनी सरकारका प्रतिनिधिहरुलाई जानकारी गराईसकेको छ । जसअनुसार भदौ २४ गते आफनो घर सरसफाई, २५गते विद्यालयहरु सरसफाई, २५ गते सार्वजनीक स्थान सरसफाई, भदौ २७ गते धार्मीक स्थाल सरसफाई, भदौ २८ गते नदिनाला सरसफाई, भदौ २९ सडक, वाटो सरसफाई र भदौ ३० गते बृहत सरसफाई गर्ने रहेको छ । 
 

प्रतिकृया दिनुहोस