भोजपुर खबर

ज्योतिष परिषद्द्धारा प्राध्यापक र शिक्षकलाई सम्मान

भोजपुर, २८ भदौ । नेपाल ज्योतिष परीषद् भोजपुरले बहुमुखी क्याम्पस भोजपुरका प्राध्यापकहरु, विद्यालयका शिक्षकहरु लाई स्वागत तथा सम्मान गरेको छ । भोजपुर नगरपालीका वडा नं ८ पोखरेमा रहेको कार्यालयमा औपचारीक कार्यक्रम गरी स्वागत गरेको हो । ज्योषित परिषद् भोजपुरका अध्यक्ष डम्बर चौलागाइको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख डा. रोहित कुमार श्रेष्ठ प्रमुख आथित्यता कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमबाट डा रोहित श्रेष्ठलाई मार्नाथ सल्लाकार, विशिष्ट सल्लाकारहरुमा भुमी कुमार नेपाल, शालिकराम ढकाल, भोलानाथ राई, मान बं देवकोटा, अर्जुन तामाङ, किशोर ताम्राकार, चन्द्र कुमार उदास, नारायण कार्की, कमल प्रशाद राई, खगेश्वर भट्टराई, रमेश आले, डेनी खत्रि, देवीदाश राई, गुरुप्रशाद कोईराला, धुव्रराज रेग्मी लगायत ३३ जना प्राध्यापक र शिक्षकहरुलाई स्वागत तथा सम्मान गरेको हो । 
कार्यक्रममा नेपाल ज्योतिष परिषद्का सचिव रमेश सुवेदिले परिषद्को पञ्चवर्षीय योजाना खाका प्रस्तुत गरेका थिए । जसमा पाचँ वर्षभित्रमा जिल्लाका सवै स्थानीय तहमा प्रचारप्रसारका साथ सेवा सञ्चालन गर्ने, ज्योतीष सम्बन्धि विशेष प्रशिक्षण, ज्योतिष पुस्ताकलय सञ्चालन, वाल मष्तिस्क सुधार कार्यक्रम सञ्चालन गर्ने रहेको छ । त्यस्तै परिषदको सामाजीक लक्ष्य अन्तर्गत जिल्लाका सवै स्थानीय तहका गरीव तथा जेहेन्दार वालवालीकालाई ज्योतिष शिक्षा निशुल्क अध्यापन गराउने  र संस्थाको आम्दानीका आधारमा छात्रवृती कोष स्थापना गरी विद्यार्थीहरुलाई सहयोग गर्ने रहेका छन । 
नेपाल ज्योतिष परिषद् जिल्ला शाखा भोजपुरलाई शुभकामना साथैँ आर्थीक सहयोग र उपशाखा विस्तारका लागी देश तथा विदेशबाट माग आईरहेको समेत सचिव सुवेदिले जानकारी दिए । 
व्रमाण्डमा भौतीक विज्ञान र आद्यात्मीक विज्ञान एक अर्काका परिपुरक भएको प्रमुख अतिथि क्याम्पस प्रमुख डा रोहित कुमार श्रेष्ठले बताएका छन । श्रेष्ठले भने “कुनैपनी धर्म,कला, संस्कृती, पराम्परा साथै धार्मीक मुल्यमान्यता ले समाजमा छुट्टै ठाउँ ओगटेको छ, ज्योतीष शास्त्रले भनेका कुरा विज्ञानले प्रमाणीत गरेको पाईन्छ ।”
त्यस्तै परिषद्का अध्यक्ष डम्बर प्रशाद चौलागाईले परिषद्ले राखेका उदेश्य पुरा गर्नका लागी विद्धवानहरुको सल्लाह सुझाव आवश्यक रहेको बताएका छन । जिल्ला शाखा भोजपुरले तयार पारेको पञ्चवर्षिय योजना खाकाको बारेमा आएका सुझाव, सल्लाह लिई अगाडि बढने र भविष्यमा भौर्गविक तथा खानी उत्खन्नका लागी वैज्ञानीक ज्ञान प्रदान गरीने समेत अध्यक्ष चौलागाईले बताए ।
भोजपुरमा वैशाख २० गते सुरु भएको परिषद्ले अहिले परिषद्को  पञ्चवर्षिय योजना घोषणा कार्यक्रम र कार्यालय उद्घाटन  भोजपुर नगरपालीकाका मेयर कैलाश कुमार आलेको प्रमुख आतिथ्यतामा चाडै  गरीने योजना बनाएको छ । हाल जिल्ला परिषद्मा २३ विभागहरु रहेका छन । यस अघि परिषद्ले पत्रकार तथा कानुन व्यावसायीहरुलाई स्वागत तथा सम्मान गरीसकेको छ । 
 

प्रतिकृया दिनुहोस