भोजपुर खबर

भोजपुरमा हरितालीका तिज भव्य

भोजपुर २७ भदौ । नेपालीहरुको महान पर्व हरितालीका तिज नेपालका विभिन्न ठाउँमा सगैँ भोजपुरमा पनि भव्य रुपमा मनाईएको छ । तिजको अवशरमा सदरमुकामको स्थानीय टुडिखेलमा सामुदायीक सेवा केन्द्र भोजपु्रको आयोजनामा तिज विशेष कार्यक्रम समेत आयोजना गरीएको थियो । सामुदायीक सेवा केन्द्र भोजपुरकी अध्यक्ष लिलामाया तामाङको अध्यक्षतामा भएको कार्यक्रममा भोजपुर नगरपालीकाका मेयर कैलाश कुमार आलेको प्रमुख आतिथ्यता, प्रमुख जिल्ला अधिकारी हिरा देवी पौडेलको विशेष आथित्यतामा भएको कार्यक्रममा जिल्लाका राजनैतीक दलका प्रमुख एंव प्रतिनिधिहरु लगायतको उपस्थितीमा कार्यक्रम भएको थियो ।  तिज विशेष कार्यक्रममा नृत्य प्रतियोगीताका साथै विविध कार्यक्रम आयोजना गरीएको सामुदायीक सेवा केन्द्र भोजपुरकी सचिव निर्मला खडकाले जानकारी दिईन । प्रतियोगिताबाट  सिद्धकाली अङग्रेजी वोर्डिङको सिनियर समुह प्रथम, दोश्रो पुजना राईको समुह र तेश्रो पृतीना राईको समुह भएका छन । प्रतियोगीतामा प्रथम हुनेलाई ३ हजार, दोश्रो हुनेलाई २ हजार र तेश्रो हुनेलाई १ हजार र सान्तवना हुनेलाई ५ सय पुरुस्कार प्रदान गरीएको छ । प्रतियोगीतामा प्रदान गरीएको प्रथम पुरुस्कारको प्रायोजन तारा राई, दोश्रोको राम कुमारी प्रधान, तेश्रोको राधा राईले र सान्तवनाको निर्मला खड्काले गरेका थिए । नृत्य प्रतियोगीतामा सिद्धकाली अङग्रेजी वोर्डिङको सिनियर समुह, पुजना राईको समुह, पृतीनाको समुह, पुर्णिमा तामाङको समुह र चन्द्रकलाको समुह गरी ६ वटा समुहहरुको सहभागीता रहेको थियो । 
तिजको अवशरमा जिल्लामा रहेको नेपालकै प्रसिद्ध धार्मीक स्थल सिद्धकाली मन्दिर, शिवालय, सन्तानेश्वर मन्दिर लगायत जिल्लाको २ नगरपालीका र ७ वटै गाउँपालीकामा  तिज विशेष कार्यक्रम भएको स्थानीयले जानकारी दिएका छन । 

प्रतिकृया दिनुहोस