भोजपुर खबर

भोजपुरमा सामुदायीक विद्यालयको पठनपाठन तिन दिन बन्द

भोजपुर २६ भदौ । नेपाल राहत शिक्षकको आन्दोलनले भोजपुरका सामुदायीक विद्यालयको पठन पाठन बन्द भएको छ । राहत शिक्षकको आन्दोलनका कारण सामुदायीक विद्यालयको पठनपाठन बन्द भएको हो । राहत शिक्षकहरुलाई पनी दरवन्दिमा कार्यरत शिक्षक सरह व्यावहार गर्नुपर्ने लगायत विविध विषय माग राखि पठन पाठन बन्द गरेका हुन । भदौ २६ गते मंगलबार जिल्लाका प्राथमीक, आधारभुत र माध्यमीक विद्यालय बन्द गरीएको नेपाल राहत शिक्षक संगठनका अध्यक्ष कटक बहादुर विष्टले जानकारी दिएका छन ।  केन्द्रको निर्णय अनुसार भदौ २६ गते, २७ गते र २८ गते देशभर राहत शिक्षकले सामुदायीक विद्यालय बन्द गर्ने भएका हुन । भोजपुरमा प्राथमीक, आधारभुत र माध्यमीक विद्यालय गरी जम्मा ६ सय ४४ वटा सामुदायीक विद्यालय रहेको भोजपुरका श्रोत व्यक्ति धुव्रराज रेग्मीले जानकारी दिए ।
भोजपुर जिल्लाको २ नगरपालीका र ७ गाउँपालीकामा ३ सय ५० जना राहत शिक्षक रहेका छन ।

प्रतिकृया दिनुहोस