Slider

भोजपुरबाट ३ जना कैदिको रिहाई

भोजपुर, १६ जेष्ठ । गणतन्त्र दिवशको अवशरमा भोजपुर जिल्लाबाट ३ जना कैदिलाई रिहाई गरीएको छ । रिहाई हुनेमा भोजपुर जिल्ला साविकको हेलौछाँ ४ का ३१ बर्षीय नविन कुमार राई डाका मुद्धामा, भोजपुर जिल्ला साविकको साङपाङ ६ का ५९ बर्षीय दाछिरी शेर्पा ज्यान मार्ने उद्योगमा र भोजपुर जिल्ला साविकको साङपाङ ५ का २४ वर्षीय नरबहादुर विक कतव्र्य ज्यान म्ुुद्धामा जेलमा थिए, उनीहरुलाई विना सर्त रिहाई गरीएको जिल्ला कारागार कार्यालय भोजपुरले जानकारी दिएको छ । रिहाई हुनेमा कम्तीमा ४० प्रतिशत कैद भुक्तान भएका र असल चालचलन भएका कारण  उनीहरुलाई बाकी कैद माफि मिनाह गरीएको हो । 
विस २०७५ जेष्ठ १३ गते बसेको मन्त्रि परिषको बैठकले १ नं प्रदेशबाट १ सय ९० र भोजपुरबाट ३ जना कैदिलाई  गणतन्त्र दिवशको अवशरमा उनीहरुको बाकी कैद माफि मिहान भएको भनी रिहाई गरीएको जिल्ला कारागार कार्यालय भोजपुरका प्रमुख खगेन्द्र अधिकारीले बताए ।
 

प्रतिकृया दिनुहोस