भोजपुर खबर

पशुपतीको पैसा चोरी वापत विगो सहित ४५ दिन जेल

भोजपुर, २६ भदौ । भोजपुर सदरमुकामको विच वजारमा निमार्ण्धिन पशुपती मन्दिरका लागी राखिएको भेटि संकलन बाकसको पैसा चोरी गर्ने आरोपितलाई जिल्ला अदालत भोजपुरले १ महिना १५ दिन जेल सजाए, १२ हजार विगो र १८ हजार जरीवाना तोकेको छ । पक्राउ गरेको १५ दिनसम्म हिरासतमा राखी घटनाको बारेमा अनुसन्धान  गरी राईलार्ई सजाए तोकिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक चरीत्र विक्रम कार्कीले जानकारी दिए । 
टयाम्केमयु गाउँपालीका वडा नं १ वस्ने २२ वर्षीय अमित राईलाई चोरी भएको ११ दिनपछि विशेष जानकारीको आधारमा इटहरीको झुम्काचौकिबाट खटिएको असईको टोलीले पक्राउ गरेको थियो । पक्राउ पश्चात राईलाई भोजपुर ल्याई घटनाको बारेमा अनुसन्धान गरी सजाय तोकिएको हो । राईले अम्बर सहिद पुस्तकालय भएकोे घरमा  जगेन्द्र ठाकुरको शैलुनको चावी फोरी बाक्समा भएको ११ हजार र दैनिक मन्दिरमा भक्तजनले संकलन गर्ने बाक्समा रहेको भेटि रकम चोरेका थिए । 
आरोपित राईले अनुसन्धानका क्रममा आफु कुनै काम नगर्ने,  सधै चोरी गर्न रुचाउने बताएका थिए । राईले भोजपुरमा चोरी गरेर भागेको २ दिनपछि इटहरीको झुम्कामा पनी साइकल चोरी गरी भारतमा लगेर ७ सयमा बेचेको समेत आरोप लागेको  प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।
 

प्रतिकृया दिनुहोस