भोजपुर खबर

ज्योतिष परिषद्द्धारा पत्रकार र कानुन व्यावसायी सम्मानीत

भोजपुर, २५ भदौ । नेपाल ज्योतिष परीषद् भोजपुरले जिल्लामा रहेका पत्रकार, सञ्चारकर्मी तथा कानुन व्यावसाहिहरुलाई स्वागत तथा सम्मान गरेको छ । भोजपुर नगरपालीका वडा नं ८ पोखरेमा रहेको कार्यालयमा औपचारीक कार्यक्रम गरी स्वागत गरेको हो । पत्रकार तथा सञ्चारकर्मीहरुमा एक्सन राई, अर्जुन वस्नेत, गोकुल भुजेल, प्रमिति सिप्तुङ, सावित्रा तामाङ र कानुन व्यावसायी शालीकराम ढकाल, भिषण श्रेष्ठ, राम कुमार राई लगायतलाई स्वागत तथा सम्मान गरेको हो । 
कार्यक्रममा परिषद्का सचिव रमेश सुवेदिले परिषद्को पञ्चवर्षिय खाका समेत प्रस्तुत गरेका थिए । जसमा पाचँ वर्षभित्रमा जिल्लाका सवै स्थानीय तहमा प्रचारप्रसारका साथ सेवा सञ्चालन गर्ने, ज्योतीष सम्बन्धि विशेष प्रशिक्षण, ज्योतिष पुस्ताकलय सञ्चालन, वाल मष्तिस्क सुधार कार्यक्रम सञ्चालन गर्ने रहेको छ । त्यस्तै परिषदको सामाजीक लक्ष्य अन्तर्गत जिल्लाका सवै स्थानीय तहका गरीव तथा जेहेन्दार वालवालीकालाई ज्योतिष शिक्षा निशुल्क अध्यापन गराउने  र संस्थाको आम्दानीका आधारमा छात्रवृती कोष स्थापना गरी विद्यार्थीहरुलाई सहयोग गर्ने रहेका छन । 
नेपाल ज्योतिष परिषद् जिल्ला शाखा भोजपुरलाई शुभकामना साथैँ आर्थीक सहयोग र उपशाखा विस्तारका लागी देश तथा विदेशबाट माग आईरहेको समेत सचिव सुवेदिले जानकारी दिए । 
कार्यक्रममा वोल्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा भोजपुरका कार्यवहाक अध्यक्ष एक्सन राईले,  भाग्य र भविष्यको विश्वास गर्ने मानिसले ज्योतिष शास्त्र अगाल्ने उ्रल्लेख गर्दै, विज्ञान र ज्योतीष एक अर्काका परीपुरक रहेकोे बताए । त्रिभुवन विश्वविद्यालयको एक विद्या साथैँ मानव भित्र रहेको क्रियाकलापलाई सहि मार्गनिर्देशन गराउने विज्ञान ज्योतिष शास्त्र भएको कानुन व्यावसायी शालीकराम ढकालले बताएका छन् । भोजपुरमा ऐतीहासिक रुपमा ज्योतीष परिषद्को स्थापना भएको उल्लेख गर्दै संस्थालाई आगामी दिनमा निरन्तरता दिन सक्नुपर्नेमा समेत भट्टराईले जोड दिएका छन् । “व्रमाण्डमा भौतीक विज्ञान भन्दा ज्योतीष विज्ञान अगाडि रहेको र ज्योतीषहरुले पुष्टी गरेका कुराहरुलाई वैज्ञानीकहरुले पत्ता लगाउने गरेको” संरक्षक हरिकृष्ण दाहालले बताए । त्यस्तै ज्योतिष शास्त्रमा घर बनाउने, चिना हेर्ने, कुण्डली हेर्ने लगायत शारा विषयहरु समेटेपनी यस विधाको चर्चा परिचर्चा भने थेरै भएको प्रमुख अतिथि नगेन्द्र थापाले बताए । विद्यार्थीहरुलाई, शिक्षकहरुलाई लगायत विद्धवानहरुलाई यसको बारेमा ज्ञान दिन परिषद्ले महत्वुर्ण भुमीका निभाउनु पर्ने समेत थापाले उल्लेख गरेका छन् । 
त्यस्तै परिषद्का अध्यक्ष डम्बर प्रशाद चौलागाईले परिषद् नेपालमा मात्र नभई विश्वमा पनी रहेको बताए ।  विश्व ज्योतिष परिषद्का अध्यक्ष नेपालका लोकराज पौडेल, केन्द्र अध्यक्ष मादवराज पाण्डे, १ नं प्रदेश अध्यक्ष विश्वप्रकाश लामिछाने रहेको जानकारी दिए । जिल्ला शाखा भोजपुरले तयार पारेको पञ्चवर्षिय योजना खाकाको बारेमा आएका सुझाव, सल्लाह लिई अगाडि बढने र भविष्यमा भौर्गविक तथा खानी उत्खन्नका लागी वैज्ञानीक ज्ञान प्रदान गरीने समेत अध्यक्ष चौलागाईले बताए ।
परिषद्को  पञ्चवर्षिय योजना घोषणा कार्यक्रम र कार्यालय उद्घाटन  भोजपुर नगरपालीकाका मेयर कैलाश कुमार आलेको प्रमुख आतिथ्यतामा चाडै  गरीने योजना रहेको छ । हाल जिल्ला परिषद्मा २३ विभागहरु रहेका छन ।


 

प्रतिकृया दिनुहोस