भोजपुर खबर

भोजपुरमा अन्तराष्ट्रिय साक्षरता दिवश तथा शिक्षा दिवश

भोजपुर २३ भदौ । “समाजवाद उन्मुख समृद्ध राष्ट निमार्णको आधार दक्ष जनशक्ति विकास एंव दिगो शैक्षिक पुर्वाधार” भन्ने मुल नाराका भोजपुरमा शनिबार अन्तराष्ट्रिय साक्षरता दिवश तथा शिक्षा दिवश मनाएको छ । दिवशको अवशरमा जिल्ला भरीका  स्थानीय तह साथै विभिन्न विद्यालयहरुले विभिन्न कार्यक्रमहरु पनी आयोजना गरेका छन । 
दिवशको अवशरमा सगरमाथा अङग्रेजी माध्यमीक विद्यालयले भदौ २२ र २३ गते फुटसल प्रतियोगीता तथा वकतृत्वकला प्रतियोगीता  कार्यक्रम आयोजना गरेको थियो । फुटसल प्रतियोगीतामा समुहगत  रुपमा ४ समुह सहभागी रहेका थिए । फुटसलको फाईनल खेलमा साल्पा समुहले  गुल्मोहर समुहलाइ १–० गोल लगाई विजयी भएको छ । साथै दिवशको अवशरमा वतृत्वकला प्रतियोगीता, सास्कृतीक कार्यक्रम साथै विविध  कार्यक्रम गरी दिवश मनाएको  विद्यालयका प्रिन्सिपल रमेश कुमार आलेले जानकारी दिए । 
त्यस्तै दिवशकै अवशरमा पौवादुङमा गाउँपालीकाको आयोजनामा मावि स्तरीय हाजीरीजवाफ प्रतियोगीता पन्चकन्या मावि च्यांग्रेमा  सम्पन्न भएको छ । प्रतियोगीताबाट पन्चकन्या मावी प्रथम, राधाकृष्ण मावी द्धितिय र सानोदुम्मा मावी तृतीय भएका छन । विजयी हुने विद्यालयहरुलाई गाउँपालीका अध्यक्ष किरण राईले पुरुस्कार वितरण गरेको गाउँपालीकाका सुचना अधिकारी महेष निरौलाले जानकारी दिए ।
त्यस्तै दिवशको अवशरमा अरुण गाउँपालीकाको आयोजनामा शारदा मावी प्याउलीमा अन्तर मावी स्तरीय हाजीरीजवाफ प्रतियोगीता सम्पन्न भएको छ । प्रतियोगीताबाट चम्पे मावी चम्पे प्रथम, अरुर्णोदय  मावी चरम्बी द्धितिय र  विश्वप्रेमी मावी याकु तृतीय भएका छन । प्रतियोगीतामा प्रथम हुनेलाई नगद ३ हजार , द्धितिय हुनेलाई २१ सय र तृतीयलाई १५ सय पुरस्कार गाउँपालीकाका अध्यक्ष गजेन्द्र कार्कीले वितरण गरेको  प्रमुख प्रशासकीय अधिकृत प्रदिप गौतमले जानकारी दिए 
कार्यक्रममा सवै विद्यालयका  शिक्षक, विद्यार्थीहरु, गाउँपालीकाका कर्मचारी, निर्वाचित जनप्रतिनिधिहरु,लगायतको उपस्थिती रहेको   प्रमुख प्रशासकीय अधिकृत  गौतमले बताए । 
 

प्रतिकृया दिनुहोस