भोजपुर खबर

भोजपुरमा १५ औँ कर्मचारी दिवश

मेयर ११ भर्सेस प्रजिअ ११

भोजपुर, २२ भदौ । नतिजामुखि प्रशासन : समृद्ध र सुशासन भन्ने मुल नाराका साथ १५ औँ निजामती दिवश देशभरी सगैँ भोजपुरमा पनी मनाईएको छ ।  दिवशको अवशरमा लोकतान्त्रिक गेटबाट चार भञ्जायांग सम्म कर्मचारीहरुले र्याली गरी कोणसभा गरेका थिए । 
कोणसभालाई सम्बोधन गर्दै निजामती कर्मचारी ट्रेड युनीयनका अध्यक्ष खडग बहादुर पौडेलले कर्मचारीलाई यस अघि सरकारले दिएको सेवा सुविधा कटौती गरेको उल्लेख गर्दै, यस अघि गर्दै आएको कर्मचारी सम्मान, उत्कृष्ठ कर्मचारी सम्मान गर्न नसकेको, सरकारले संघियताको नाममा कर्मचारीमा अन्योलता छाएको उल्लेख गरेका छन । उनले भने, संसदमा भएको ऐन कानुनले वढुवाका प्रावधान, ट्रेड युनीयनका आरोपहरु, कर्मचारी पेन्सन, सामाजीक सुरक्षा, शाखा अधिकृतका अधिकार सरकारले कुन्ठीत गरेको छ ।
प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले विगतमा भएका अभ्यासहरुलाई अहिले छाडनुको कारण, थप कार्यक्रम गर्न नसकनुको कारण उल्लेख गर्दौ आफु संरक्षकको हैसियतले कर्मचारीले दिएको सेवा प्रति सर्वसाधरण मानीसहरुलाई परेको असर र आरोपहरुलाई दिवसको माध्यमबाट उनीहरुलाई सन्देश दिनका लागी भएको बताईन । 
निजामती दिवशको अवशरमा घरेलु तथा साना उद्योग विकास कार्यालयमा विभिन्न जातका फलफुलका विरुवा रोपण, सरसफाई,  म्युजीकल चियर, प्रशासनमा आएका प्रथम सेवाग्राहिलाई सम्मान र जिल्लाका सवै कार्यालय परिसरमा २ दिन दिपावली समेत गरेको छ । 
त्यस्तै निजामती दिवशको अवशरमा भोजपुरको टुडिखेलमा प्रमुख जिल्ला आाधिकारी ११ र भोजपुर नगरपालीका मेयर ११ विच मैत्रिपुर्ण फुटवल खेल भएको छ । फुटवल खेलमा मेयर ११ ले ५ गोल र प्रमुख जिल्ला अधिकारी ११ ले ४ गोल गरेको थियो । मैत्रिपुर्ण खेलमा मेयर ११ टिम विजयी भएको छ ।
कार्यक्रम भोजपुर जिल्लामा रहेका सरकारी एंव गैर सरकारी कार्यालयका प्रमुख , कार्यरत कर्मचारी लगायत सम्पुण कर्मचारीको उपस्थितीमा सम्पन्न भएको हो । 
 

प्रतिकृया दिनुहोस