भोजपुर खबर

नेत्रज्योति संघ भोजपुरको तेह्रौ साधारण सभा

भोजपुर २२ भदौ ।  नेपाल नेत्रज्योति संघ जिल्ला शाखा भोजपुरको तेह्रौ साधारण सभा शुक्रबार सम्पन्न भएको छ । नेपाल नेत्र ज्योती संघको भवन पुरानो डवलीमा भएको साधारण सभाबाट तेज मोक्तानको अध्यक्षतामा ११ सदस्य समिति गठन भएको छ । विश्वकै दोश्रो ठुलो सगरमाथा चौधरी आखा अस्पतालका अध्यक्ष तथा पुर्वाञ्चल संयोजक रबिन्द्र लाल चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
साधारण सभा बाट नया कार्यकालका लागी पुन तेज मोतmानको सभापतीमा १३ कार्यसमिति सर्व सम्मत चयन भएका छन । समितीमा कुम्भ रत्न राई, सम्झना प्रधान , सुशिला तामाङ  ,रामेश्वर बजिमय, दान प्रशाद राई, पाशाङ शेर्पा, धर्मराज राई , सर्ब सम्मत चयन भएका छन ।यस्तै अन्य सदस्यमा बाल कृष्ण शाक्य , राधिका तामाङ , सुरेस कुमार तामाङ, स्नेह लता राई र शेर बहादुर तामाङ निर्वाचित भएको संघका नव निर्वाचित सभापती मोतmानले जानकारी दिए ।  निर्वाचित जिल्ला कार्य समितिको कार्यकाल ३ बर्ष रहने छ । 
 

प्रतिकृया दिनुहोस