भोजपुर खबर

नेपाल प्रेस युनीयन भोजपुरको अध्यक्षमा बस्नेत

भोजपुर, २२ भदौ । नेपाल प्रेस युनीयन जिल्ला शाखा भोजपुरको अध्यक्षमा अर्जुन बस्नेत निर्वाचित भएका छन् । नेपाल प्रेस युनियन जिल्ला शाखा भोजपुरको चौथो अधिवेशनबाट बस्नेत सर्वसहमत अध्यक्षमा निर्वाचित भएका हुन् । बस्नेतको अध्यक्षतामा ११ सदस्य समिति समेत सर्वसमत चयन भएको छ । समितिको महिला उपाध्यक्षमा सारदा तामाङ्ग, खुल्ला उपाध्यक्ष रामकाजी श्रेष्ठ, सचिब गोकुल भुजेल, सह सचिब प्रतिमा बस्नेत र कोषाध्यक्षमा सावित्रा तामाङ्ग निवार्चीत भएका छन । त्यस्तै सदस्यमा गणेश खड्का, समिर राई, नविन श्रेष्ठ, खिम्बुङ्ग राई र बबिता मोक्तान सर्वसहमत चयन भएका छन् ।
यस्तै केन्द्रिय र्पाश्दमा भने तिर्थराज बस्नेत, सरिता राई, सारदा तामाङ्ग, कमल बस्नेत र गोकुल भुजेल चयन भएका छन् भने प्रदेश र्पाश्दमा निरोज कोइराला, रामकला ढकाल, सावित्रा तामाङ्ग, नविन श्रेष्ठ, अनोज कार्की, रामकाजी श्रेष्ठ र मनिश श्रेष्ठ निर्वाचित भएका छन् । 
कार्यक्रम नेपाल प्रेस युनियन जिल्ला शाखा भोजपुरका अध्यक्ष तिर्थराज बस्नेतको अध्यक्षता तथा प्रमुख अतिथि केन्द्रिय प्रतिनिधि नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य उद्धप तिम्सिना र नेपाली कांग्रेस जिल्ला कार्य समिति भोजपुरका सभापति नन्दमणी राईको विषेश अतिथिमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल प्रेस युनियन जिल्ला शाखा भोजपुरका संस्थापक अध्यक्ष रमेश कुमार आलेलाई सम्मान समेत गरिएको छ ।  भोजपुरमा युनियनलाई औपचारिक रुपमा संस्था स्थापना गरि प्रेस तथा अभिव्याक्ति स्वतन्त्रताको पक्षमा र श्रमजिवी पत्रकारहरुको हितमा काम गरैको भन्दै आलेलाई सम्मान गरिएको नवनिर्वाचित अध्यक्ष अर्जुन बस्नेतले जानकारी दिए ।
 

प्रतिकृया दिनुहोस