Slider

आज दिँउसो ४ वजेबाट बजेट प्रस्तुत

यस वर्ष जलविद्युत् र सिँचाइमा ठूलो रकम विनियोजन

यस वर्ष जलविद्युत् र सिँचाइमा ठूलो रकम विनियोजन गरिएको छ । करिब एक खर्ब १० अर्ब रुपैयाँ यस क्षेत्रमा जाने भएको छ । १२ सय मेगावाट क्षमताको बूढीगण्डकी आयोजनालाई पनि बजेटमार्फत अगाडि बढाइने उल्लेख छ । सुनकोसी मरिन डाइभर्सन यस पटकको नयाँ कार्यक्रमको आएको हो । 
त्यस्तै बुटवल–सुनौली द्विदेशीय प्रसारण लाइन पनि प्राथमिकतामा परेको छ ।

बजेटको बाँडफाँट
यस वर्ष प्रदेश र स्थानीय तहलाई जनसंख्या, क्षेत्रफल, खर्च गर्ने क्षमता, मानव विकास सूचकांक, न्यून विकासको सूचकांक लगायत विषयमा सूत्र तयार पारी त्यसका आधारमा बजेट बाँडफाँट गरिएको छ ।
मूल्य अभिवृद्धि कर (भ्याट), आन्तरिक अन्त शुल्कबाट संकलित राजस्वको १५÷१५ प्रतिशत, रोयल्टीबाट प्राप्त रकमको २५÷२५ प्रतिशत र संविधानले तोकिदिएका ४ प्रकारको अनुदान केन्द्र सरकारले दिने हो । यो सूत्रका आधारमा सबैभन्दा बढी राजस्व तथा प्राकृतिक स्रोतको रोयल्टी प्रदेश ३ ले पाउने छ । त्यसपछि क्रमश १, ५, २, ७, ४ र कर्णाली प्रदेशले पाउने अर्थ स्रोतले जानकारी दिएको छ ।

गत वर्ष हरेक प्रदेशले १ अर्ब २ करोड रुपैयाँका दरले बजेट पाएका थिए । स्थानीय तहमा ४ वटै प्रकृतिका अनुदान यो वर्षको बजेटले प्रयोगमा ल्याउने छ । गत वर्ष वित्तीय समानीकरण अनुदान र ससर्त अनुदान मात्रै संघले स्थानीय तहका लागि वितरण गरेको थियो । स्रोतको अभाव भएकाले यो वर्षका लागि तय गरिएको १ सय ४५ अर्ब रुपैयाँ आन्तरिक ऋण सबैजसो उठाइसकिएको छ । यसबाहेक बजेटका अन्य स्रोतहरू पनि उल्लेख्य वृद्धि गर्न नसकिएको अर्थ स्रोतको भनाई छ । 
सरकारले आगामी आर्थिक वर्ष २०७५÷०७६ का लागि आज वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्दैछ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार अपराह्न ४ बजे बोलाइएको संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राजस्व र व्ययको अनुमान प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
संविधान बमोजिम वार्षिक अनुमान पेश गर्दा अघिल्लो आर्थिक वर्षमा प्रत्येक मन्त्रालयलाई छुट्याइएको खर्चको रकम र त्यस्तो खर्च अनुसारको लक्ष्य हासिल भयो वा भएन, त्यसको विवरण पनि साथै पेश गर्नु पर्नेछ ।

प्रतिकृया दिनुहोस