Slider

बलत्कार गर्नेलाई ७ वर्ष कैद र ९० हजार जरीवाना

तेह्रथुमको लालीगुराँस नगरपालिका वडा नं २ का सुर्यबहादुर तोलाङगी (सार्की) लाई जिल्ला अदालत तेह्रथुमले सात वर्ष कैदको फैसला गरेको छ । पन्ध्र वर्षीया बालिकालाई करणी गर्ने वसन्तपुर बजारमा बस्दै आएका ४४ वर्षीय सार्कीलाई जबरजस्ती करणी र हाडनाता करणी अपराधमा सात वर्ष कैद र ९० हजार रुपैयाँ क्षतिपूर्तिको फैसला गरेकोे हो । अदालतले उनलाई जबरजस्ती करणी अपराधमा ६ वर्ष कैद र हाडनाता करणीमा थप १ वर्ष कैद गरी जम्मा ७ वर्ष कैद र ९० हजार रुपैयाँ क्षतिपूर्ति तोकेको अदालतका सूचना अधिकारी गोपाल खनालले बताए ।
आफनै  घरमा केहि वर्षयता बस्दै आएकी नातेदार १५ वर्षीया बालिकालाई पटक–पटक बलात्कार गरेको भन्ने उजुरीका आधारमा गत वर्ष जेठ महिनामा उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयले मुद्दा दर्ता गरेको थियो । 
 

प्रतिकृया दिनुहोस