भोजपुर खबर

भोजपुरमा २४ औँ अन्तराष्ट्रिय विश्व आदिवासी दिवश

भोजपुर, २४ साउन । भोजपु्र जिल्लामा २४ औँ अन्तराष्ट्रिय विश्व आदिवासी दिवश भव्यताका साथ सम्पन्न भएको छ । भोजपुर नगरपालीकाको प्रायोजन र नेपाल आदिवासी जनजाती महासंघ, जिल्ला समन्वय समीती भोजपुरको आयोजनामा कार्यक्रम भएको  हो । कार्यक्रम सदरमुकामको जिरोपईन्ट देखी विभिन्न जातजातीको झाकी, नाच तथा र्यालीका साथै विभिन्न कार्यक्रम गरी भव्यताका साथ सम्पन्न भएको हो । दिवशको अवशरमा भोजपुर जिल्लामा चर्चीत चण्डि नाच, लाखे नाच, तामाङ सेलो, शेर्पा नाच, मारुनी नाच थामी नाच लगायत विभिन्न जातजातीहरुका नाचहरु प्रस्तुत गरीएको थियो । 
र्याली पश्चात कार्यक्रम सम्बोधन गर्दै भुजेल समाज सेवा केन्द्रिय समीती सदस्य दल ब भुजेलले देशमा संघिय लोकतन्त्र आएपनी बहुजातीको बसोवास भएको ठाउँमा सरकारले सवै जातजातीलाई समेटने निति नबनाएको बताए । उनले भने आदिवासी जनजातीको हक अधिकार र ऐनलाई बर्तमान सरकारले हटाउन लागेको छ । उक्त सरकारको निर्णयलाई आफुहरुले नमानेको र  यसको विपक्षमा लागीरहेको समेत उनले बताए । त्यस्तै स्थानीय सरकारले आदिवासी जनजातीले गर्ने विभिन्न कार्यक्रमहरुका लागी वजेट छुटयाउन गाह्रो मानेको, जातीय पहिचानका नाचगान, भेषभुषा लोप हुन लागेकोले आगामी दिनमा वजेट विनियोजन गर्दा सवै स्थानीय तहले यस विषयमा ध्यान दिनुपर्ने किरात राई यायोख्खा भोजपुरकी अध्यक्ष सृजना राईले बताईन । 
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै भोजपुर नगरपालीकाका मेयर कैलाश कुमार आलेले आफुले आदिवासी जनजातीको लागी निर्वाचीत भएपछि वजेट विनियोजनमा कन्जुसाई नगरेको बताए । उनले भने यो आर्थीक वर्षमा पनी नगरपालीकाले आदिवासी जनजातीको लागी रकम विनियोजन गरेको छ । जिल्ला आदिवासी जनजाती समन्वय समितिले आगामी दिनमा जिल्लाका सवै स्थानीय तहमा संगठन विस्तार गरेर स्थानीय सरकार सग कार्यक्रम आयोजनाका लागी वजेट माग्न समेत आग्रह गरे । 

 

प्रतिकृया दिनुहोस