राष्ट्रिय

भोजपुरमा सामुहिक पत्रकार सम्मेलन : संस्था विरुद्ध आरोपको खण्डन

भोजपुर, २४ साउन  । भोजपुरमा अन्तरपाटि महिला सञ्जाल र महिला मानव अधिकार सञ्चाल भोजपुरले सामुहिक रुपमा पत्रकार सम्मेलन गरेका छन । उनीहरुले विहिबार जिल्ला सदरमुकाममा सामुहिक पत्रकार सम्मेलन गरेका हुन । केहि दिन अघि स्थानीय  २४ वर्षीय महिलाले आत्महत्या गरेको विषयमा पीडित पक्षले आत्महत्या गर्नु पुर्व सहयोग मागेको तर महिला सञ्जालले सहयोग नगरेको भन्ने आरोप लागेपछि उक्त विषयलाई खण्डन गर्नका लागी पत्रकार सम्मेलन गरेको अन्तरपाटि महिला सञ्जाल भोजपुरकी अध्यक्ष अनिसा खडकाले बताईन । 
महिला हिसांका लागी आफुहरु निरन्तर लागीरहेको र लागीरहेन भएपनी पछिल्लो घटनामा केहि व्यक्तिहरुले भ्रामक आरोप लगाएकोे भन्दै आफुहरुले पिडित जोकोहिलाई सक्रिय रुपमा सहयोग गरीरहेको भएपनी यसरी लगाएको आरोप प्रति दुख व्यक्त गरी जो कोसैले यसरी संघ संस्थालाई आरोप लगाउदा ध्यान दिएर मात्र आरोप लगाउन समेत विज्ञाप्तीमा भनीएको छ । 
त्यस्तै विज्ञाप्तीमा उक्त दुखत घटनाबारे आफुहरुलाई साथै सञ्जाल समीतीलाई  कुनै जानकारी नगराई उनले आत्महत्या गरेको समेत उल्लेख गरीएको छ । 

यता मृत्कका आफन्तले भने महिला सञ्चालका प्रतिनिधिहरुलाई रमीलाले पटकपटक समस्या सुनाउदा प्रमाण लिएर आउ भन्दै गुनासो नसुनेकाले घटना घटेको आरोप लगाएका थिए ।     
 

प्रतिकृया दिनुहोस