राष्ट्रिय

श्रीमानसँग सम्बन्ध रहेको भन्दै मृतकको आफन्तद्धारा तामाङलाई कुटपिट

भोजपुर, २३ साउन । भोजपुर नगरपालीका वडा नं ७  सप्तधारा लाईनको गुठिमा मंगलबार आत्माहत्या गरेकी रमिला श्रेष्ठकी आफन्तले एन्जिला तामाङलाई कुटपिट गरेका छन । मृतक श्रेष्ठकी श्रीमान संग तामाङको सम्बन्ध रहेको भन्दै तामाङलाई मृतकका आफन्तले कुटपिट गरेका हुन । 
कुटपिट गर्ने मृतकका आफन्त र तामाङलाई प्रहरीले नियन्नत्रणमा लिएको छ । घटनाका बारे महिला सञ्चाल सग  छलफल भैरहेको प्रहरीले जनाएको छ ।
श्रेष्ठका आफन्तले भने मृतककी श्रीमान सग तामाङको सम्बन्ध रहेकै कारण श्रेष्ठले आत्माहत्या गरेको आरोप लगाएका छन । स्थानीय २४ वर्षीय श्रेष्ठले हिजो झुन्डिएर आत्महत्या गरेकी हुन । 
श्रेष्ठको शव जिल्ला अस्पताल भोजपुरमा राखिएको मृतकका आफन्तले बताएका छन । मृतकका श्रेष्ठको १ छोरा र १ छोरी रहेका छन । आरोपित तामाङकी श्रीमान भने बैदेशिक रोजगारीमा रहेको बुझिएको छ । 
 

प्रतिकृया दिनुहोस