खेलकुद

पौवादुङमामा क्षेत्रिय स्तरको खेलमैदान : युवाखेलाडि हर्षीत

भोजपुर २१ साउन । भोजपुर जिल्लाको पुर्वी क्षेत्र पौवादुङमा  गाउँपालीकाको केन्द्र च्यांग्रेमा क्षेत्रिय स्तरको खेलमैदान बनीरहेको छ । यसअघि गाउँपालीकामा उपयुक्त खेलमैदान नहुँदा यस क्षेत्रका खेलाडी तथा व्यावस्थापकहरु सधैँ चिन्तामा रहँदै आएका थिए, अब खेलप्रेमीहरुको यो समस्या हट्ने भएको छ ।
तिवारीभञ्जयांग, च्यांग्रे र वास्तीमको विच क्षेत्रमा रहेको गाउँपालिका केन्द्रमा खेलमैदान अभावकै कारण विभिन्न प्रतियोगिताहरु सञ्चालनमा समस्या हुँदै आएको थियो । आर्थिक वर्ष २०७४÷०७५ का लागि पौवादुम्मा गाउँपालिकाले ५५ लाख विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासनीक अधिकृत शालीकराम भट्टराईले बताए ।
गाउँपालिकाको केन्द्र नजिकै रहेको च्यांग्रे पोखरी छेउमा निर्माण शुरु भएको खेल मैदान यतिबेला तीब्र रुपमा काम भइरहेको खेलमैदान निर्माण समितिका अध्यक्ष दिनेश खत्रिले बताए ।
भलिबल, फुटबलका साथै विभिन्न प्रतियोगिताहरु सञ्चालनका लागि यहाँका स्थानीय क्लबहरुले वर्षेनी विद्यालयहरुका खेलमैदानलाई विकल्पका रुपमा प्रयोग गर्नु पर्थ्यो ।
गाउँपालिकाका अध्यक्ष किरण राईले क्षेत्रीय खेलमैदानको रुपमा विकास गर्ने उद्देश्यका साथ निर्माण शुरु गरिएको, खेलमैदानलाई सम्याउने लम्बाई तथा चौडाईलाई फराकिलो बनाउने काम भइरहेको बताएका छन्। खेलकुद पर्यटन विकासका निम्ति गाउँपालिकाले गत वर्ष ५५ लाख रुपैयाँ रकम विनियोजन गरेर खेलमैदान निर्माण कार्य शुरु गरेको जनाइएको छ ।
खेलकुद मैदान निमार्ण गर्नका लागी नेपाली कांग्रेका च्यांग्रेका पुर्व गाविस अध्यक्ष, पुर्व जिल्ला समिति सदस्य हर्कराज राईले करिब ६० लाख बराबरको जग्गा निशुल्क प्रदान गरेको पौवादुङमा  गाउँपालीकाका प्रत्यासी उपप्रमुख मनोज कार्कीले जानकारी दिए । 
खेलकुदमा प्रतिभावान खेलाडीहरु भएपनि खेलमैदान अभावका कारण आफ्नो प्रतिभालाई कुण्ठित गर्न बाध्य युवाहरु अबका दिनमा त्यो समस्याबाट मुक्त भएका छन् । साथै नयाँ खेलाडी उत्पादन गर्ने सपना पनि साकार हुने भएको छ ।


 

प्रतिकृया दिनुहोस