भोजपुर खबर

भोजपुर सदरमुकाममा ६८ करोडको खानेपानी : मेयर र अध्यक्षले गरे सम्झैता

भोजपुर, २० साउन । भोजपुर सदरमुकाममा खानेपानीको समस्या समाधान गर्न सहरी खानेपानी तथा सरसफाई क्षेत्रगत आयोजना अन्तगर्त भोजपुर नगर खानेपानी तथा सरसफाई आयोजना कार्यान्वयन गर्ने सम्बन्धमा आईतबार प्रारम्भीक सम्झौता सम्पन्न भएको छ । सम्झौता आयोजना व्यावस्थापन कार्यालयको तर्फबाट आयोजना निर्देशक रामचन्द्र शाह, नगरविकास कोषको तर्फबाट कार्यकारी निर्देशक मणिराम सिंह महत, भोजपुर नगरपालीकाको तर्फबाट मेयर कैलाश कुमार आले र सिलिचुङ खानेपानी तथा सरसफाई उपभोक्ता समीतीबाट अध्यक्ष प्रविण सुवाल सहित ४ पक्षविच सम्झौता सम्पन्न भएको हो । खानेपानी आयोजना कार्यान्वय गर्नका लागी ६८ करोड ५२ लाख ६० हजार १ सय ९४ बराबरको वितिय सम्झौता भएको सिलिचुङ खानेपानी तथा सरसफाई मुल उपभोत्ता समिति भोजपुरका अध्यक्ष प्रविन सुवालले जानकारी दिए । 
उक्त खानेपानी तथा सरसफाई नगरयोजनाबाट भोजपुर नगरपालिकाका ५, ६,७, ८, ९ र १२ वडाका १२ हजार ३ सय २३ उपभोक्ता लाभान्वीत हुनेछन । 
हाल सिलिचुङ खानेपानी संस्थाले पानी प्रशोधन नगरी नगरपालिकाका ६,७ र १२ वडा भित्र १ हजार ३ सय २९ घरधुरीलाई पानी वितरण गरीरहेको छ । प्रस्तावित खानेपानी योजना कार्यान्वयन भएमा २४ सै घण्टा एन.डि.डब्लु.क्यु,एस को मापदण्ड अनुसार शुद्ध पानी आउने छ । योजनाका  लागी ७० प्रतिशत नेपाल सरकारले अनुदान स्वरुप , २५ प्रतिशत नगर बिकास कोषबाट क्रण रकम र ५ प्रतिशत अग्रीम नगद उपभोत्ताहरुबाट जम्मा गनुपर्ने अध्यक्ष सुवालले बताए । 
त्यस्तै भोजपुर नगरपालीकाका मेयर कैलाश कुमार आलेले सम्झौता भएको खानेपानी आयोजना सम्पन्न गर्नका लागी स्थानीय सरकार, सिलिचुङ खानेपानी संस्था सगैँ उपभोक्ताको महत्वपुर्ण भुमीका रहेको हुदा यस अघि उपभोक्ताले तिर्न बाकी ५ प्रतिशत रकम चाडो संकलन गर्न नगरवासी सवैलाई आग्रह गरेका छन । 
 

प्रतिकृया दिनुहोस