अन्तराष्ट्रिय

भोजपुरमा सीसीटिभि र जिल्ला प्रहरी कार्यालय अगाडि २ ठाउँमा चोरी

भोजपर, २० साउन । भोजपुर जिल्लाको जिल्ला प्रहरी कार्यालय पस्ने गेट र सीसीटिभि जडान गरीएको ३० मिटर टाढा विच वजारको मन्दिरमा र जिल्ला अस्पताल गेट छेउको घरमा चोरी भएको छ । शनिबार राती करिब २  वजे चोरी भएकोे हो । विच वजारमा निमार्णधिन पशुपती मन्दिरका लागी राखिएको भेटि संकलन बाकसको पैसा चोरी भएको हो । काठमाडौँ अम्बर सहिद पुस्तकालय भएकोे घरमा  जगेन्द्र ठाकुरको शैलुन फोरी बाक्समा भएको १० हजार र दैनिक मन्दिरमा भक्तजनले संकलन गर्ने बाक्समा रहेको भेटि रकम समेत चोरी भएको जिर्णेद्धार पशुुपती मन्दिर निमार्ण समितिका अध्यक्ष कौशल श्रेष्ठले बताए । 
शैलुन विहान खोल्न खोज्दा चावी फोरेको देखेपछि वाकसमा हेर्दा पैसा नभएपछि चोरी भएको भनी थाहा पाएको शैलन सञ्चालक जगेन्द्र ठाकुरले बताए । चोरी कसरी, कतिवेला र कसले गर्यो भनी घटनाको बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सुचना अधिकारी प्रहरी निरीक्षक चरित्र विक्रम कार्कीले जानकारी दिए । सीसीटिभिको फुटेज हेरीरहेको तर चोर पत्ता लाग्न नसकेको समेत उनले बताए । 
त्यस्तै सदरमुकामको तल्लो वजार स्थित जिल्ला अस्पताल छेउमा नैना व वस्नेतको घरमा पनी चोरले ढोका फोरेको तर केहि सामान भने चोरी नभएको निरीक्षक कार्कीले जानकारी दिए । 
 

प्रतिकृया दिनुहोस