भोजपुर खबर

भोजपुरमा सकिएन खेत रोपाई : अझै ५ प्रतिशत बाकी

भोजपुर, १९ साउन । भोजपुर जिल्लाभरीमा २०७५ सालको खेत रोपाई अन्तिम चरणमा पुगेको छ । साउन १९ गते सम्ममा जिल्ला भरी खेतीयोग्य  १८ हजार ९७ हेक्टरमा  धान खेती हुने गरेको छ । अहिले सम्म खेतीयोग्य जमीनको ८४ प्रतिशत रोपाई भईसकेको साविकको जिल्ला कृषि विकास कार्यालय भोजपुरका सुचना अधिकारी युकमणी भट्टराईले जानकारी दिए । 
रोपाई गर्नका लागी आकासे भल पर्खनुपर्ने भएकाले समयमै रोपाई गरी सक्न गाह्रो भएको हो ।  यस वर्ष असार, साउनमा पनी  ठुलो पानी नपरेकाले पनी रोपाई पुरा हुन नसकेको हो । जसका कारण भोजपुरमा आव २०७४ को भन्दा २०७५ मा २ प्रतिशत कमी खेत रोपाई  भएको समेत सुचना अधिकारी भट्टराईले बताए । 
भोजपुर जिल्लाको टक्सार, वोखिम, दाँवा, श्यामशिला, आम्तेक, पोखरे, च्यांग्रे, तिवारीभञ्जयांग, प्याउली, चम्पे, यांपाङ, जरायोटार, लगायत क्षेत्रमा रोपाई सकिएको छभने रामप्रशादराई गाउँपालीकाको वेसी भाग, दलगाउँको तल्लो भाग र टयाम्केमयु गाउँपालीकाको तल्लो भागमा खेत रोपाई नसकीएको सुचना अधिकारी युकमणी भट्टराईले जानकारी दिए ।
 

प्रतिकृया दिनुहोस