स्वास्थ्य

भोजपुरमा अन्तराष्ट्रिय २६ औँ स्तनपान दिवश

भोजपुर, १६ साउन ।  “स्तनपान : जिवनको आधार” भन्ने मुल नाराका साथ भोजपुरमा २६ औँ अन्तराष्ट्रिय स्तनपान दिवश भव्य रुपमा सुरु भएको छ । जिल्लामा जिल्ला अस्पताल भोजपुर, परीवार नियोजन संघ, सुआहारा लगायत संस्थाहरुको सहकार्यमा स्तनपान दिवश मनाउने भएको हो । दिवशको अवशरमा बच्चालाई जन्मेको १ घण्टाभित्रमा स्तनपान गराऔँ, बच्चा जन्मेको ६ महिना सम्म आमाको दुधमात्र खुवाऔ र पौष्टिक आहारका साथमा २ वर्ष सम्म बच्चालाई स्तनपान गराऔँ भन्ने नाराहरु लेखेको व्यानर समेत सदरमुकामका विभिन्न चोकहरुमा टासीएको छ ।  
त्यस्तै भोजपुर जिल्ला अस्पतालकी नर्सीङ प्रमुख सोफिया खनालले महिलाहरुले स्तनपानको समयमा स्तनको सफाई, खानेकुराहरुमा ध्यान दिनुपर्ने, वच्चालाई निरन्तर स्तनपान गर्दा आमालाई फाईदा हुने बताईन । गर्भधारणको समयमा महिलाहरुले सरीरको सरसफाईमा ध्यान दिनुपर्ने, स्तनको परीक्षण साथै दिनमा १० देखि १५ पटक सम्म वच्चालाई दुध चुसाउनुपर्ने भएपनी दुध नचुसाउदा कतिपय महिलाको स्तनमा समस्या भएको समेत उनले उल्लेख गरीन  ।
जिल्ला अस्पताल भोजपुरका सुचना अधिकारी राजेन्द्र कुमार राउतले आव २०७४⁄०७५ मा जिल्ला अस्पताल भोजपुरबाट १९५ जनाले सुरक्षीत  गराइको बताउदै गर्भवती महिलाले नियमित रुपमा अस्पताल वा नजिकैको स्वास्थय कार्यालयमा गर्भजाच गराएमा अस्पतालले वच्चा जन्माएपछि यातयात खर्च र अन्य खर्च गरी २८ सय रुपैया विरामीलाई प्रदान गर्ने उनले जानकारी दिए । 
त्यस्तै भोजपुर नगरपालीका स्वास्थ्य शाखाका सह संयोजक दुर्गा श्रेष्ठले २६ औँ स्तनपान दिवश वुधबारबाट सुरु भएकोे जानकारी दिदै दिवसको अवशरमा भोजपुर नगरपालीका भित्र ८ वटा स्वास्थ्य आमा समुहहरु रहेको र ति समुहहरुलाई यस सग सम्बन्धित कार्यक्रम गर्न आग्रह गरीएकोे बताए । उनले भने “वच्चा जन्मेपछि निरन्तर ६ महिना सम्म स्तनपान गराएमा स्वस्थ्य बच्चा बनाउनका साथै गर्वनिरोधको समेत काम गर्दछ ।”
 

प्रतिकृया दिनुहोस