भोजपुर खबर

भोजपुरमा ओली सरकार विरुद्ध र्याली तथा कोणसभा

भोजपुर, १५ साउन । नेपाली काङग्रेस केन्द्रिय कार्यसमितिको निर्णय अनुसार ७७ वटै जिल्ला सगैँ भोजपुरमा पनी ओली सरकार विरुद्ध र्याली तथा कोणसभा गरीएको छ । पार्टिले सर्वसत्तावादि केपी ओली सरकारले सृजना गरेको राज्य आतंक , चर्को मुल्य वृद्धि, भ्रष्टचार र कुशासनको विरुद्ध वृहत विरोध याली  तथा कोणसभा गरेको छ । साउन १५ गते जिल्ला सदरमुकाम स्थित लोकतान्त्रिक गेटबाट याली सुरु भई वैक रोड, टुडिखेल, हुदै चारभञ्जयांगमा कोणसभा गरी कार्यक्रमको समापन गरीएको थियो । 
कोणसभामा नेपाली कांग्रेसका जिल्ला पार्टि सचिव कैलाश कुमार आलेले नेपाली कांग्रेसले साङकेतीक याली गरेको उल्लेख गदैँ नेपाली काङग्रेसले राणालाई, राजालाई ढालेको उदाहरण दिदै वाम सरकार पनी ढल्ने लक्षण भएको बताए । 
नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघकी अध्यक्ष शिशिरा राईले सेरबहादुर सरकारका पालामा भएका निर्णयहरु कार्यान्वय हुनुपर्ने, भुकम्प पिडितका लागी दिएको सेवा सुविधा दिनुपर्ने, ६५ वर्षे वृद्ध भत्ता कार्यान्वय गर्नुपर्ने बताईन ।
नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि विनोद वान्तवाले नेपाली कांग्रेस जनताको पार्टि हो भन्दै जनता विरुद्ध सरकार तानसाहि भएर नलाग्न आग्रह गरे ।  उनले भने प्रजातन्त्रको खातीर, जनताको खातीर शान्तिको खातीर सधै लागी पर्ने र लागी परेका छौ । वर्तमान सरकारले अत्याधिक रुपमा पेटोल, तेलको मुल्य वृद्धिले आज समाजमा दैनीकी चलाउन गाह्रो भएको छ । त्यस्तै मान्छे मारेको आरोपमा जेल वसेका वाल कृष्ण ठुंगेललाई समेत वाम सरकारले न्यायलएको ध्जजी उडाई २ दिनमै जेलमुक्त गराएको  बताए ।
त्यस्तै नेपाली कांग्रेस जिल्ला कार्यासमिति सभापती नन्दमणि राईले पार्टिले सरकारको विरोध नगर्ने तर सरकार कांग्रेससग डराएर राम्रो सग काम नगरेको उल्लेख गदैँ गोविन्द केसिको मागमा सरकार चुकेको समेत उल्लेख गरे  । 
विरोध सभामा ३ सय जना नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।
 

प्रतिकृया दिनुहोस