भोजपुर खबर

भोजपुरको अरुणमा नेपाल ज्योतीष परिषदको शाखा विस्तार

भोजपुर, १३ साउन । भोजपुर जिल्लाको पुर्वी गाउँपालीका अरुणमा नेपाल ज्योतीष परिषदको शाखा विस्तार भएको छ । नेपाल ज्योतीष जिल्ला परिषदका अध्यक्ष डम्बर चौलागाईको उपस्थितीमा सनिबार अरुणमा शाखा विस्तार गरीएको हो । अरुण गाउँपालीकामा कुमार प्रशाद सापकोटाको अध्यक्षतामा ११ सदस्य समीती गठन गरीएको हो । समितीको उपाअध्यक्षमा राम प्रशाद आर्चाय र सचिवमा पर्शुराम कार्की रहेका छन भने समीतीले १५ विभाग र १३ कार्यसमीती समेत गठन गरेको छ । 
ज्योतिष विज्ञान सम्बन्धि सम्पुर्ण ज्ञान आम सर्वसाधरणमा पुर्याउर्ने उदेश्यले शाखा विस्तार गरीएको नेपाल ज्योतीष जिल्ला परिषदका प्रवता रमेश सुवेदिले बताए । त्यस्तै उनका अनुसार जिल्लाभरीका स्थानीय तहमा शाखा विस्तार सगैँ जिल्लामा ज्योतीष विद्यालय  खेल्ने कार्ययोजना रहेको समेत जानकारी दिए । 
शाखा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अरुण गाउँपालीका वडा नं ३ प्याउलीका वडा अध्यक्ष रुद्र पुलामी मगरले वैज्ञानीक ज्ञान तथा ज्योतीष विज्ञान आर्जन तथा प्रवाह गर्ने संस्थाको संरक्षण एंव संम्र्वधन गर्ने बताए । 
 

प्रतिकृया दिनुहोस