भोजपुर खबर

भोजपुरकोे प्रख्यात लाखेनाच; कला,सस्कृतीलाई निरन्तरता दिन कठिन

गोकुल भुजेल
भोजपुर, १२ साउन । भोजपुरमा सास्कृतीक लाखेनाचेलाई आगामी दिनमा कसरी निरन्तरता दिने भनी स्थानीय सदरमुकामवासीहरुले छलफल गरेका छन । छलफल भोजपुर लाखेनाच संघको आयोजनामा सदरमुकाममा विहिबार सम्पन्न भएको हो । सास्कृतीक लाखेनाचमा भोजपुरले छुट्टै पहिचान बेकेको भएपनी पछिल्लो समयमा निरन्तरता दिन समस्या भएकाले स्थानीयवासि सगँ आगामी दिनमा नाचलाई कसरी व्यावस्थीत र  दिगो बनाउन सकिन्छ भनी छलफल गरीएको भोजपुर लाखे नाच संघका अध्यक्ष विनम श्रेष्ठले बताए । उनले भने “लाखे नाचलाई निरन्तरता दिन आर्थीक समस्या, बाजाहरु वजाउने, नाच्ने सिप,कला नयाँ पुस्तामा हस्तान्तरण नहुनु, पराम्परागत कला सस्कृतीलाई जर्गेना गर्न सरोकारवालाहरुले चासो नदिनु, आधुनीकता सगैँ कला संस्कृती लोप हुनुले लाखे नाच पनी धरापमा परेको छ ।” यसलाई जर्गेना गर्न सवै एकजुट हुनु पर्दछ । 
विभिन्न जातजातीको कला सस्कृती सगैँ लाखे नाचलाई पनी जर्गेना तथा निरन्तरता दिनका लागी कोष खडा गरी पैसा संकलन गर्नुपर्ने, नया पिडिलाई वाजा वजाउने सिप सिकाउने लगायत स्थानीयहरुले आ आफनो ठाउँबाट सक्दो सहयोग गर्नुपर्ने स्थानीय नविन प्रधानले बताए । 
भोजपुर उद्योग वाणिज्य संघका उपा अध्यक्ष एंव स्थानीय वासी धुव्र श्रेष्ठले लाखे नाचमा प्रत्येक घरबाट प्रतिनिधि आउनुपर्ने, स्थानीय व्यापारी, व्यावसायीहरुले लाभ लिन सक्ने भएकाले उनीहरुले लगानी पनी गर्नुपर्ने, प्रोत्साहन गर्नका लागी युवायुवतीहरुलाई नाच गानको तालीम दिनुपर्ने, नाचलाई विकृती विसंगतीको रुपमा भन्दा पनी भव्य सभ्य र अनुसासीत भएर निकाल्नु पर्ने बताए । 
भोजपुर उद्योग वाणिज्य संघका अध्यक्ष एंव स्थानीय वासी डम्बर श्रेष्ठले आफनै कारण लाखे नाच निरन्तरता दिन नसकेको बताए । लाखेनाचको बारेमा प्रर्याप्त प्रचार प्रसार नहुनु, अधिकासं युवायुवती पठनपाठनका लागी विदेश तथा जिल्ला वाहिर जानु र गाउँमा भएका सवै युवाहरुले लाखेमा खासै चासो नदिएकाले लाखे नाच पछि परेको उल्लेख गरे । 
लाखे नाच साउन ३१ नाक पंचमीदेखी सुरु भई कुष्ण जन्मअष्टमिका दिन सम्म नाचिन्छ ।


 

प्रतिकृया दिनुहोस