स्वास्थ्य

केसीको स्वास्थ्य झन् गम्भीर : चिकित्सकलाई आफ्नो स्वास्थ्य जाँच नगर्न आग्रह

जुम्ला २९, असार । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १४ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीले आफ्नो स्वास्थ्य जाँच गराउन अस्वीकार गरेका छन् । केसीले शुक्रबार उपचारमा संलग्न चिकित्सकलाई आफ्नो स्वास्थ्य जाँच नगर्न आग्रह गरेका हुन । ‘सरकारले मलाई मरे मरोस् भन्ने चाहन्छ भने आजदेखि कुनै स्वास्थ्य परीक्षण र उपचार गराउँदिनँ,’ उनले भने, ‘तीन करोड नेपालीको हितका लागि मर्नुपरे पनि तयार छु ।’ सरकारले काठमाडौं आएपछि मात्रै वार्ता हुन्छ भन्नु झुक्याउने चाल मात्र भएको केसीको भनाइ छ ।
उपचारमा संलग्न चिकित्सकका अनुसार डा. केसी अर्धचेत अवस्थामा पुगेका छन् । बिहीबार रातिदेखि स्वास्थ्य स्थिति थप जटिल बनेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा. पुजन रोकायाले बताए । ‘शरीरमा अक्सिजन साथै ग्लुकोजको मात्रा एकदमै न्यून छ,’ उनले भने, ‘मस्तिष्कमा रक्तसञ्चार निकै कम छ ।’ डा. केसी बेला–बेलामा अर्धचेत अवस्थामा पुग्ने गरेको उनले बताए । केसी बिहीबार राति दुईपटक अर्धचेत अवस्थामा पुगेको अस्पतालले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस