राष्ट्रिय

बोखीमको ऐतिहासिक प्रथम सार्वजनीक सुनुवाई

भोजपुर, २६ असार । भोजपुर नगरपालीका वडा नं ५ बोखिमको आव २०७४÷०७५ को वजेट नीती तथा कार्यक्रमहरुको कार्यान्वयन अवस्था र प्रगती सम्बन्धमा  ऐतिहासिक प्रथम बृहत सार्वजनीक सुनुवाई सम्पन्न भएको छ । सार्वजनीक सुनुवाइ कार्यक्रमलाई न्यायशिल असल साशन क्लब बोखिमको सहजीकरण र वडाको आयोजनामासम्पन्न भएको हो । कार्यक्रममा वडा अध्यक्ष जस ब राईले वडाको  ६३ लाख बराबरको कुल बजेट कार्यान्वय भएको जानकारी गराएका थिए । त्यसैगरी न्याशिल असल सासन क्लबले नगरपालीकाको सेवा, सुवीधाको बारेमा सर्वेक्षणको रिपेट पेश गरेको थियो । जसमा आएका जिज्ञासा र प्रश्नहरुको समाधान बडा अध्यक्ष लगायत सरोकारवालाहरुले गरेको क्लवका अध्यक्ष फविन्द्र प्रधान ले जानकारी दिए ।  
सार्वजनीक रुपमा पदधारण गरेका कुनैपनी सरकारी निकायमा व्यक्तिहरुले जनतासँग गरीएको कामकारबाहिको पार्द्शिता, जवाफदेहिता र कर्मचारीको उतरदाहित्व पुरा गर्नका लागी सार्वजनीक सुनुवाई पर्दछ । हरेक नागरीकले कुन काममा कति वजेट विनियोजन भयो, योजनाहरुको कामहरु समय अवधि भित्र भएकी भएन्न, सुचनाको हक अधिकारले  सुनिश्चित गरेकोले  ऐतिहासिक बृहत सार्वजनीक सुनुवाई  गरीएको वडा अध्यक्ष जस बहादुर राईले वताए । 
सार्वजनीक सुनुवाई पश्चात वडाले ३ वटा प्रतिबद्धतामा समेत हस्तक्षर गरीएको छ । जसमा वडा कार्यालयको वडामै व्यावस्थापन, योजनाहरुको मुल्यांकन तथा र्कायान्वयनमा प्रभावकारीता को लागी आवश्यक निति निमार्ण र योजना,  खर्चको विवरण चुस्त दुरुस्त पार्नुका साथै सवै उपभोता समुहले वडा कार्यालयमा योजनाहरुको खर्च विवरण समेत आवधिक गराउने प्रतिबद्धता जनाएका छन ।
 

प्रतिकृया दिनुहोस