राष्ट्रिय

भोजपुरमा अभिरल वर्षाले सडकहरु सगैँ मानविय धनको क्षती

भोजपुर, १९ असार । भोजपुरमा असार १७ गते बिहान देखि निरन्तर परेको अविरल वर्षाको कारण जिल्लाका विभिन्न ठाउँमा गएको पहिरोमा परी सडकहरु सगैँ मानविय धनको क्षती भएको छ । पहिरोमा परी आमचोक गाउँपालीका १० स्थित राङ्चा भन्ने स्थानमा वालंखाबाट रानीटार जाने कच्चि सडक अवरोध भएको छ । भोजपुर नगरपालीका ७ खप्परे भिर छेउ बस्ने चन्द्र बहादुर तामाङको बङ्गुर खोरमै मृत्यु भएको छ । हतुवागढी गाउँपालीका ९ स्थित घोडेटार मचुवाटार सडक खण्डको साफिङटार भन्ने स्थानमा पहिरो खशि बाटो अवरोध भएको छ । साल्पासिलिछो गाउँपालीकाको कुलुङ देखि संखुवासभा जिल्लाको ताम्लुक जोड्न खोल्दै गरेको नयाँ सडक पहिरो गई लिलामाया वि.क.को घर जोखिमपूर्ण अबस्थामा रहेको छ ।
त्यस्तै बाटो अवरुद्ध भएको ठाउँहरुमा प्रहरीको टोली, स्थानीय बासी र  जेसिबिले बाटो वनाउने  कार्य भईरहेको छ । बर्षामा परी कती धनजनको क्षती भएको छ भनी एकीन तथ्यांक भने आईनसकेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी  दिएको छ । 
 

प्रतिकृया दिनुहोस