भोजपुर खबर

भोजपुरमा जलवायु परीर्वतन सम्बन्धि सचेतना तालीम

भोजपुर, १९ असार । भोजपुर जिल्लामा जलवायु परीर्वतन सम्बन्धि भएको २ दिने सचेतनात्म तालीम सम्पन्न भएको छ । वन तथा वातावरण रेड कार्यान्वयन केन्द्रको आयोजना र जिल्ला वन कार्यालय भोजपुरको सहकार्यमा तालीम सम्पन्न भएको हो । तालीममा  भोजपुर नगरपालीकाको जनप्रतिनिधिहरु, लक्षितवर्ग र सरोकारवाला निकायका प्रतिनिधिहरुलाई सहभागी गराई जलवायु परीर्वन कार्वन व्यापार र रेड, रेड प्लसका विषयमा सचेत गराएको वन तथा वातावरण मन्त्रालयका उपसचिव तथा प्रशिक्षण अजय विक्रम मान्नधरले जानकारी दिए । 
हाल विश्वको कुल हरित गृह ग्यासको नेपालले ०.००२५ प्रतिशत मात्र उत्सर्जन गरेतापनी वायुमण्डलमा हरित गृह ग्यासको निरन्तर वृद्धि भईरहेकाले नेपाल पनी यसबाट प्रभावित भएको पाईन्छ । भु श्रोत मापन परियोजना र वन अनुसन्धान तथा सर्वेक्षण विभागको तथ्यांक अनुसार नेपालमा वन विनासको वार्षीक वृद्धिदर १.६ प्रतिशत रहेको पाईन्छ । 
त्यस्तै तालीममा नेपालमा वन पैदावारको माग र आपुर्ती, मिचाहा प्रजातीहरुको वनमाथी असर, वन विनास तथा क्षयीकरणका कारक तत्वहरु, आधार रेखा तयारी, अनुगमन, अभिलेखिकरण र प्रमाणिकरण पद्धतिको स्थापना गर्ने र वन कार्वनका फाईदाहरुको. बारेमा जानकारी गराएको समेत प्रशिक्षण मान्नधरले जानकारी दिए । 
सत्ताईस जना सम्मेलीत तालीमको प्रशिक्षण डाक्टर एकराना र वन तथा वातावरण मन्त्रालयका उपसचिव तथा प्रशिक्षण अजय विक्रम मान्नधरले गरेका थिए ।
 

प्रतिकृया दिनुहोस