भोजपुर खबर

गरीव घरपरिवार परिचय पत्र वितरण सम्वन्धि तालीम

भोजपुर, १८ असार । भोजपुरमा गरीव घरपरिवारलाई परिचय पत्र वितरण गर्ने कर्मचारीलाई दिएको २ दिने तालीम सम्पन्न भएको छ । कृषि भुमी तथा सहकारी मन्त्रालयको आयोजनामा भएको तालीम गरिव घरपरीवार पहिचान जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण खडकाको उपस्थितीमा समापन गरीएको हो । गरीव घरपरीवार भनेर पहिचान भईसकेका परीवारलाई सम्वन्धित गाउँपालीका तथा नगरपालीकामा गई गरीव घरपरिवार परीचय पत्र वितरण गर्ने तरीकाको बारेमा जानकारी गराउने उदेश्यले तालीम आयोजना गरीएको कार्यक्रमका फोकल पर्सन विनम रणपहेलीले बताए । 
हाल भोजपुर नगरपालीकामा ८ सय १९ घर, षडानन्द नगरपालीकामा १ हजार २ सय ५६ घर, अरुण गाउँपालीकामा ७ सय ५५, पौवादुम्मा गाउँपालीकामा ५ सय ६०, साल्पासिलिचो गाउँपालीकामा ७ सय ९१, टयाम्केमयु गाउँपालीकामा ७ सय ९७ घर, रामप्रशाद राई गाउँपालीकामा १ हजार ७३ घर, आमचोकमा १ हजार ३ सय १८ घर, हतुवागढि गाउँपालीकामा १ हजार ४६  घरपरीवार गरी जम्मा करिब ८ हजार ४ सय १६ गरीव घरपरीवार रहेका छन । उनीहरुलाई एक महिनाभित्रमा गरीव घरपरीवार परीचयपत्र बाडिसक्नु पर्ने फोकल पर्सन विनम रणपहेलीले जानकारी दिए । तालीममा २ नगरपालीका र ७ गाउँपालीकाका तिन तिन जना गरी २७ जना सहभागी भएका छन ।

प्रतिकृया दिनुहोस