बिज्ञान/प्रबिधि

अनलाई सफ्टओयर प्रशिक्षण तालिम

भोजपुर, १० जेष्ठ ।  भोजपुरमा अनलाई सफ्टओयर सम्बन्धि लेखापाललाई प्रशिक्षण तालिम सुरु भएको छ । राष्ट्रिय पुर्ननिमार्ण प्राधिकारणको आयोजनामा तिन दिने तालिम बुधबारबाट सुरु भएको हो । जिल्लाभरी रहेका सरकारी कार्यालयका लेखापालहरुलाई अनलाई सफ्टओयर सम्बन्धि प्रशिक्षण दिनका लागी तालिमको आयोजना गरीएको राष्ट्रिय पुर्ननिमार्ण प्राधिकारणका प्रशिक्षक किशोर सुवेदिले जानकारी दिए । तालिम पश्चात लेखापालले सरकारी कार्यालयको वजेट सफ्टओयर मार्फत राख्नु पर्नेछ । उक्त वजेटलाई राष्ट्रिय पुर्ननिमार्ण प्राधिकारणको कार्यालयबाट स्वत हेर्न मिल्ने भएकाले आगामी बर्षका लागी योजना छनौटमा सहयोग पुग्ने प्रशिक्षक सुवेदिले बताए । तालिममा जिल्ला भरीका १४ वटा कार्यालयका लेखापालको सहभागीता रहेको छ । 

प्रतिकृया दिनुहोस