भोजपुर खबर

१ सय ५० जनालाई अपाङ्गता भक्ता; महिनाको ५ सय

भोजपुर, १७ असार । फरक क्षमता भएका अथवा अपांग भएका १ सय ५० जनालाई अरुण गाउँपालिकाले  अपाङ्गता भक्ता प्रदान गरिएको छ । प्रत्येकलाई गाउँपालीकाले महिनाको रु ५ सयका दरले भक्ता प्रदान गर्न सुरु गरेको हो । 
राज्यले दिने गरेको क र ख वर्गका अपांग वा फरक क्षमता भएका भन्दा वाहिरका ग र घ वर्गका मानीसहरुलाई गाउँपालिकाले भक्ता प्रदान गरेको हो । अरुणगाउँपालिका भित्रका अपाङ्गता भएका ग र घ वर्गमा परेका १ सय ५० जना अपाङ्गहरुलाई भत्ता प्रदान गरिएको हो ।
फरक क्षमता भएका उनीहरुलाई पनी सिपमुलक तालीम, हौसला स्वरुप केहि आर्थीक सहयोग गरेमा समाजले हेर्ने दृष्टिकोणमा परीर्वतन हुने भएकाले गाउँकार्यपालिकाको बैठकले निर्णय गरी भत्ता प्रदान गरीएको गाउँपालीकाका अध्यक्ष गजेन्द्र बं कार्कीले जानकारी दिए ।
 

प्रतिकृया दिनुहोस