स्वास्थ्य

एन्फा कप अन्तर विद्यालयको उपाधि युपिएलाई

भोजपुर, १६ असार । भोजपुर जिल्ला फुटवल संघ भोजपुरको आयोजनामा भएको एन्फा कप अन्तर विद्यालयको छात्रा फुटवल प्रतियोगीता २०७५ को उपाधि युनीक एण्ड युनाईटेड अंग्रेजी माध्यमीक विद्यालयले जितेको छ । युनीक एण्ड युनाईटेड अंग्रेजी माध्यमीक विद्यालयले सगरमाथा अंग्रेजी माध्यमीक विद्यालयलाई १ का विरुद्ध २ गोलले हराएपछि उपाधि आफ्नो हातमा पारेको हो । 
प्रतियोगीतामा प्रथम हुने टिमलाई र द्धितिय हुने टिमलाई क्रमश १५ हजार, १० हजार , ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरीएको छ । त्यस्तै अन्तर विद्यालय छात्रा फुटवल प्रतियोगीतामा प्रथम भएपछि युनीक एण्ड युनाईटेड अंग्रेजी माध्यमीक विद्यालयले आगामी हुने प्रदेश स्तरीय फुटवल प्रतियोगीतामा सहभागीता जनाउने भएको जिल्ला फुटवल संघ भोजपुरका अध्यक्ष प्रविण सुवालले जानकारी दिए । 
 

प्रतिकृया दिनुहोस