भोजपुर खबर

एसियनलाइफ इन्सुरेन्स भोजपुरद्धारा मृत्यु दावी भुक्तानी

भोजपुर, १६ असार । एसियनलाइफ इन्सुरेन्स कम्पनी भोजपुरले मृत्यु दावी भुक्तानी गरेको छ । उद्योग बाणिज्य संघ भोजपुरका अध्यक्ष डम्बर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा भोजपुर नगरपालीकाका श्रोतव्यक्ति धुब्रराज रेग्मीको विशेष आतिथ्यता, जिल्लामा अवस्थीत ७ वटा विमा कम्पनीहरुको प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितीमा मृत्यु दावी भुक्तानी गरेको हो । भोजपुर जिल्लाको टयाम्केमयु गाउँपालीका ६ कोटकी रोजीना राईकोे मृत्यु भए पश्चात उनको वावालाई  मृत्यु दावी भुक्तानी गरेको हो ।
राईले ५ किस्तामा करिब २९ हजार ८ सय ३५ विमा रकम जम्मा गरेकोमा कम्पनीले १२ महिनाको मासिक भत्ता स्वरुप १२ हजार मृत्यु दावी भुक्तानी दिएको हो । राईलाई भव्य कार्यक्रमका साथ उपशाखा प्रमुख राजन राई, विराटनगर शाखा कम्पनीका प्रमुख सुजन भण्डारी, श्रोतव्यक्ति धुव्रराज रेग्मी लगायतले रकम हस्तान्तरण गरेका हुन् ।
त्यस्तै कम्पनीले मृत्यु दावी भुक्तानी सगैँ जिल्लाभरका विमाकर्ताहरुलाई पुरुस्कार तथा वोनस वितरण र २ दिन सम्म विमाकर्ताहरुलाई अभिमुखीकरण गर्ने उपशाखा कम्पनीका प्रमुख राजन राईले जानकारी दिए  । 

प्रतिकृया दिनुहोस