भोजपुर खबर

प्राकृतिक द्धन्द्ध रुपान्तरण मेलमिलापको तालीम सुरु

भोजपुर, १५ असार । दिगो शान्तिका लागी उन्नत सम्बन्ध भन्ने मुल नाराका साथ भोजपुरमा ८ दिने सामुदायीक मेलमीलाप सम्बन्धि आधारभुत तालीम सुरु भएको छ । तालीम प्राकृतिक द्धन्द्ध रुपान्तरण केन्द्र नेपालको आयोजना र भोजपुरको प्रायोजनमा सुरु भएको हो । तालीम प्राकृतिक श्रोत सम्बन्धि गाउँ टोलमा रहेका विवादहरुलाई गाउँ टोलमानै निराकरण गर्नका लागी सचेतना अभिबृद्धि गर्ने उदेश्यले आयोजना गरीएको प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नेपालका श्रोतव्याक्ति राजन राईले जानकारी दिए । आठ दिने तालिमको प्रशिक्षण प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्र, नेपालका संस्थापक सदस्य नारायण बहादुर खपाङगी र सामुदायीक मेलमिलाप केन्द्र नेपालका राजन राईले गरिरहेका छन । तालीममा भोजपुर नगरपालीकाका १२ वटा वडाका वडाअध्यक्ष सहित ३७ जनाको सहभागीता रहेको छ । 

प्रतिकृया दिनुहोस