खेलकुद

भैसीपङ्खामा महिला तथा पुरुष फुटबल प्रतियोगिता

भोजपुर, ३ बैशाख । भोजपुर नगरपालिका वडा नं १० भैसीपङ्खामा आइतबार देखी महिला तथा पुरुष फुटबल प्रतियोगिता शुरु भएको छ ।  लालीगुरास असिने सामाजिक संस्था भोजपुरको १४ औ बार्षिक उत्सवको अवसरमा प्रतियोगिता शुरु भएको हो । 
प्रतिगोगिताको उदघाटन सस्थाका अध्यक्ष बालजित श्रेष्ठको अध्यक्षता तथा भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेको प्रमुख आतिथ्यताामा गरिएको आयोजकले जनाएको छ । 
वडा स्तरिय पुरुष तथा खुल्ला महिला फुटबल प्रतियोगितामा पुरुष २० टिम र महिला ७ टिमको सहभागीता रहेको छ । 
त्यसैगरी उद्घाटन खेलमा आयोजक नगरपालिका वडा नं १० भैसीपङ्खा रातो विजयी भएको छ । आयोजक रातो वडा नम्बर ५ बोखीमलाई ० का विरुद्ध ३ गोल गर्दै विजयी भएको हो । 
प्रतियोगितामा प्रथम हुनेले नगद ३० हजार, दोश्रो हुनेले १५ हजार र सान्त्वना हुनेले नगद ५ हजार साथमा मेडल र प्रमाण पत्र पुरस्कार पाउने आयोजक संस्थाका अध्यक्ष वालजित श्रेष्ठले जानकारी दिए ।


 

प्रतिकृया दिनुहोस