बिज्ञान/प्रबिधि

प्रविधियुक्त शिक्षा आजको आवश्यक्ताः मेयर आले

भोजपुर, ८ असार । भोजपुर बहुमुखी क्याम्पस भोजपुरको छात्र आवासगृहमा ४३ ईन्चको टिभि हस्तान्तरण कार्यक्रममा वोल्दै भोजपुर नगरपालीकाका मेयर कैलाश कुमार आलेले वर्तमान परिस्थतीमा प्रविधियुक्त शिक्षाको आवश्यक्ता रहेको वताएका छन । अवको स्थानीय सरकारले विद्यार्थीहरुलाई दैनिक जिवनमा आवश्यक पर्ने अथवा प्रयोगहुने प्रयोगात्कम शिक्षाको परिमाण वढाएर लानुपर्ने बताए । त्यस्तै भोजपुर नगरपालिकामा सामुदायीक विद्यालयहरुको शिक्षाको गुणस्तर अभिबृद्धि गर्ने अभियान रहेको बताए । उनले भने “विद्यार्थीहरुलाई पठनपाठन सगैँ सुचना, समाचार र प्रविधिको बारेमा पनी अव्वल बनाउन नगरपालीकाले ६५ हजार लगानीमा छात्र आवासगृहमा टिभि र डिस होम  जडान गरिदिएको छ ।” 
त्यस्तै टिभि जडान कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख डाक्टर रोहित कुमार श्रेष्ठले यसलाई जर्गेना गर्ने, उचित प्रयोग गर्ने, आवश्यक्ता अनुसार सदुपयोग गर्ने र यसको रेखदेख वार्डेन मार्फत हुने जानकारी दिए । 
अहिले छात्र आवासगृहमा १६ जना विद्यार्थीहरु वसोवास गर्ने गरेको होस्टल वार्डेन कमलजंग राईले जानकारी दिए । 
 

प्रतिकृया दिनुहोस