खेलकुद

मेयर कप व्याडमिन्टन प्रतियोगीता सम्पन्न

भोजपुर,७ असार । प्रथम खुल्ला जिल्ला स्तरीय भोजपुर नगरपालिका मेयर कप व्याडमिन्टन प्रतियोगीता सम्पन्न भएको छ । असार ४ गतेबाट सुरु भएको प्रतियोगीता असार ७ गते सम्पन्न भएको हो । 
प्रतियोगीतामा महिला एकल तर्फ प्रथम हुने लोक्तामा राई, द्धितिय शुभलक्ष्मी श्रेष्ठ, तुतिय हेङखामा राई र प्रतिभा श्रेष्ठ भएका छन । त्यस्तै पुरुष १६ वर्ष मुनीको खेलमा पसंछा राई प्रथम, युनीस राई द्धितीय, विगिहाङ राईमाझि र सुवास तामाङ तुतीय भएका छन । त्यस्तै पुरुष सयुक्त तर्फ विशाल तामाङको जोडि प्रथम, दावा र्शेपाको जोडि द्धितियर चन्दन कटुवालको जोडि तृतीय भएको व्याटमिन्टन संघ भोजपुरका उपा अध्यक्ष पुर्ण स्विकारले जानकारी दिए । 
प्रतियोगीतामा केटि एकल खुल्लातर्फ प्रथम हुनेलाई ५ हजार, द्धितिय हुनेलाई ३ हजार र तृतिय हुनेहरुलाई २÷२ हजार प्रदान गरीने छ । त्यस्तै पुरुष १६ वर्ष मुनीका एकल खुल्ला तर्फ प्रथम, द्धितिय र तृतिय हुनेलाई र्याकेट र पुरुष सयुक्त खुल्लातर्फ प्रथम हुनेलाई २५ हजार, द्धितिय हुनेलाई २० हजार र तृतिय हुनेलाई १५ हजार प्रदान गरीएकोे उपा अध्यक्ष स्विकारले बताए । 
प्रतियोगीतामा केटि एकल खुल्लातर्फ ७ जना, पुरुष १६ वर्ष मुनीका एकल खुल्ला तर्फ ५ जना र पुरुष सयुक्त खुल्लातर्फ १६ टिम सहभागी भएका थिए ।

प्रतिकृया दिनुहोस