स्वास्थ्य

भोजपुरमा स्वास्थ्य वीमीत ८ हजार ९ सय ६० जना

भोजपुर, असार । नेपाल सरकारले दुई वर्षअघि शुरु गरेको स्वास्थ्य वीमा कार्यक्रम अन्र्तगत भोजपुरमा वीमीतको संख्या बढेका छन । जिल्लाबाट हाल स्वास्थ्य वीमा गर्नेको संख्या ८ हजार ९ सय ६० जना  पुगेको छन । भोजपुर जिल्ला भरीका वीमीतहरुले  जिल्ला अस्पताल भोजपुर, घोरेटार प्राथमीक स्वास्थ्य केन्द्र घोरेटार, मुलपानी प्राथमीक स्वास्थ्य केन्द्र र  प्याउली प्राथमीक स्वास्थ्य केन्द्रलेबाट सेवा पाईरहेको स्वास्थ्य विमा वोर्ड  जिल्ला दर्ता अधिकारी रमेश दाहालले जानकारी दिए ।
दाहालका अनुसार “स्वास्थ्य बिमा कार्यक्रमबाट बहिरङ्ग, अन्तरङ्ग र आकस्मिक सेवाका अतिरिक्त कार्यक्रमले तोकेका निदानात्मक, परीक्षण सेवा र औषधि उपलब्ध गराउँछ ।” बिमा पश्चात स्वास्थ्य  परीक्षण, एक्स–रे साथै पाँच सय ३० प्रकारका औषधि तथा सेवा सुविधा पाउने छन ।
बिमा कार्यक्रम अन्र्तगत परिवारका पाँच जना सम्मको लागी रू. दुई हजार ५ सय, पाँच जनाभन्दा बढी सदस्य भएको परिवारमा एक व्यक्ति बराबर रू ४ सय ५० बढि तिरेर सदस्य बनेपछी रू १० हजारभन्दा बढिको थप सेवा दिने व्यावस्था छ । उनीहरुले रू. ५० हजार बराबरको स्वास्थ्योपचार सेवा प्राप्त गर्न सक्छन् । विमा रकम एक बर्षका लागि मात्र मान्य हुने भएकाले अर्को वर्षका लागि पुनः रकम बुझाएर सदस्यता नवीकरण गर्नुपर्ने श्रोतले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस