खेलकुद

विद्योदयमा एनसिसि जुनीयर डिभिजन तालिमको सुरु

भोजपुर, ४ असार । रणबम गण भोजपुर व्यारेक, भोजपुरको व्यावस्थापन र राष्ट्रिय सेवा दलको आयोजनामा एनसिसि जुनीयर डिभिजन तालिमको प्रथम प्रवचन कार्यक्रम सुरु भएको छ । कार्यक्रम श्री विद्योदय माध्यमीक विद्यालय भोजपुरमा सोमबारबाट सुरु भएको हो । 
नेपाल सरकारको नीती अनुसार नेपाली सेना अन्र्तगत श्री राष्ट्रिय सेवा दलले प्रत्येक वर्ष विभिन्न जिल्लाहरुमा अवस्थित माध्यमीक विद्यालयहरुमा अध्ययनरत छात्र वा छात्राहरुलाई समावेश गरी एनसिसि सिनियर तथा जुनीयर तालीम सञ्चालन गदैँ आएको हुदा सोहि बमोजिम यस शैक्षिक वर्षमा सञ्चालन हुने ४५ औँ व्याच एनसिसि जुनीयर डिभिजन तालीमको सुरु गरीएको रणबम गण भोजपुरले जनाएको छ । तालिममा विद्योदय माध्यमीक विद्यालयबाट ३६ जना, यशोधरा माध्यमीक विद्यालयबाट ३६ हतुवागढि गाउँपालीकाको सगरमाथा माध्यमीक विद्यालयका ३६ जना गरी जम्मा करिब १०८ जना विद्यार्थीहरुलाई समावेश  गरीएको छ ।
तालिम युवाहरुमा देशप्रेम, सामुहिक भावना विकास, देशमा आपत विपत  परेको वेला परिचालन गर्नका लागी आयोजना गरीएकोे प्रमुख सेनानी प्रविणराज धिमिरेले जानकारी दिए । 
 

प्रतिकृया दिनुहोस