भोजपुर खबर

जन्मदिनको खर्चले बहिरा विद्यार्थीहरुलाई सहयोग

भोजपुर, ३१ जेठ । रणबम गण भोजपुरले बहिरा आधारभुत विद्यालयलाई खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरेको छ । जेठ महिनामा जन्मदिन परेका १३ जना रणबम गणमा कार्यरत कर्मचारीले आफ्नोे जन्मदिनमा गरीने खर्च कटाएर उक्त रकम बराबरको सामग्री किनेर विद्यालयलाई हस्तान्तरण गरेको कर्मचारी पदम रानाले जानकारी दिए  । 
विद्यार्थीहरुका लागी खाद्यान्नमा चामल, दाल, विस्कृुट र  शैक्षिक सामग्रीहरु हस्तान्तरण गरेको सेनानी कमल केशिले जानकारी दिए । खाद्यान्न र शैक्षिक सामग्रीहरु पाएपछी विद्यार्थीहरु हर्षित भएका छन । 
 

प्रतिकृया दिनुहोस