भोजपुर खबर

नेविसंघ भोजपुरले ओलीसरकारको पुत्ला दहन, मुल्यवृद्धि र्फिता

भोजपुर, ३१ जेठ । नेपाल विद्यार्थी संघले बाम नेतृत्वको सरकारले गरेको अस्वभावीक मृल्यवृद्धि र्फितालिन माग गर्दै नारावाजी,यालीसगै प्रधानमन्त्रि केपी शर्माओलीको पुत्ला दहन गरेको छ । नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति भोजपुरका कार्यवहाक सभापती मनोज खनालको नेतृत्वमा याली सगै पुत्ला दहन गरेको हो । याली भोजपुर सदरमुकाम स्थित नेपाली कांग्रेसको पार्टी कार्यालय देखि सुरु भई टुडिखेल हुदै  चारभञ्जयांगा पुगेर कोणसभामा परीणत भएको थियो । समृद्ध नेपालको झुटो नारा दिएर उदाएको केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारले नेपालको राष्ट्रियता नै कमजोर वनाउने चलखेलमा सक्रिय भएको जनाएको छ । 
त्यस्तै  सरकारले आफूले गरेको १०० दिनमा पेट्रोलियम पदार्थमा ५ पटक मुल्य वृद्धि साथै कालोबजारीया र माफीयाहरुको जंगोलमा फसेर दैनिक उपभोग्य वस्तुहरुमा समेत चरम मुल्य वृद्धि गरी नेपाली जनताहरुको इच्छा र चाहना माथि खेलबाड गरेको भनी नारावाजी सहित पुत्ला जलाएको नेवि संघ जिल्ला कार्यसमितिका कार्यवहाक सभापती मनोज खनालले जानकारी दिए । 
यसअघि नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति भोजपुरका कार्यवहाक सभापती मनोज खनाल र नेपाल विद्यार्थी संघ क्याम्पस इकाई कमिटिका सभापती टार्जन राईद्धारा हस्तक्षरीत ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय भोजपुरकी प्रमुख जिल्ला अधिकारी हिरादेवि पौडेललाई बुझाएको तर अझैपनी सरकार यस विषयमा मौन रहेकोले यसको विरुद्धमा चरणबद्ध आन्दोलनका कार्यक्रमहरु गर्नुपरेको नेपाल विद्यार्थी संघ क्याम्पस इकाई कमिटिका सचिज अनोज कार्कीले बताए । 
 

प्रतिकृया दिनुहोस